९ नोभेम्बर । कुवेतमा एक नेपालीले आत्महत्या गरेका छन् । सिन्धुलीका ४२ बर्षिय सम्पथ अधिकारीको शव नोभेम्बर ७ बेलुका ७ बजेतिर कुबेतको महाबुल्लास्थित कम्पनीकै आवास गृहमा झुण्डिएको अवस्थामा फेला परेका हो।
विगत १० वर्षदेखी कुवेतको एसटिएसजीमा कम्पनीमा काम गर्दै आएका उनले आत्महत्या गर्नुको कारण भने खुल्न नसकेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
परिवार र उनलाई पठाउने कम्पनीसँग समन्वय गरेर शव नेपाल पठाइने दूतावासले जनाएको छ ।
वि.सं.२०७७ कात्तिक २४ सोमवार १०:४८ मा प्रकाशित



























