back

तानसेन नपाको बजेट करिब रु १५ करोड

वि.सं.२०७३ पुस २६ मंगलवार

657 

shares
IME Limited
NTC AD

पाल्पा। तानसेन नगरपालिकाको २०औँ नगरपरिषद्ले आव २०७४÷०७५ को रु १४ करोड ६६ लाख ७२ हजार ७१६ को बजेट तथा कार्यक्रम सोमबार सार्वजनिक गरेको छ ।

तानसेन नगरपालिकाका कार्यकारी अधिकृत अनिल पौडेलले आगामी आवमा परिषद्ले पँुजीगततर्फ रु १३ करोड १४ लाख ७२ हजार ७१६ र चालु प्रशासनिकतर्फ रु एक करोड ५२ लाख छुटयाएको बताउनुभयो ।

परिषद्ले सन् २०१८ भित्र तानसेन नगरलाई शून्य फोहरयुक्त नगरपालिका घोषणा गर्ने, प्लास्टिकमुक्त नगरलाई नेपालमै नमुना नगरपालिका बनाउने, तानसेनलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिएको अधिकृत पौडेल बताउनुहुन्छ ।

तानसेनलाई सरकारले घोषणा गरेअनुसारको ऐतिहासिक तथा सांस्कृतिक सहरको रुपमा विकास गर्ने, पर्यटकीय आर्कषणको रुपमा रहेको श्रीनगर पार्कलाई व्यवस्थितरुपमा सञ्चालन गर्ने, गौडे पुलदेखि होलाङ्दीसम्म सडकलाई चार लेनको बनाउने जस्ता महत्वाकांक्षी योजना अघि बढाएको छ ।

परिषद्ले उत्कृष्ट काम गर्ने कर्मचारी विष्णु पौडेल, मनोहरलाल शाक्य, रुपा शाक्य, मङ्गलबहादुर भाट, राजु महर्जन, धनबहादुर सारु, लोकमान श्रेष्ठ, दिलबहादुर दमाई, तथा उत्कृष्ट करदाता पाल्पाली छे र सरसफाइतर्फ कैलाशनगर युवा क्लबलाई सम्मानित गरेको छ ।

पाल्पाका स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेले नगरपालिका जस्तै जिल्लाको आन्तरिक स्रोत कम भएकाले चाहे जति बजेट तानसेन नगरपालिकालाई विनियोजन गर्न नसकिएको बताउनुभयो । कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका नेताको सहभागिता रहेको थियो । रासस

वि.सं.२०७३ पुस २६ मंगलवार ०४:४६ मा प्रकाशित

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष साउन ६...

३५ अंकले घट्यो नेप्से, कारोबार रकम पनि झण्डै तीन अर्ब कम

३५ अंकले घट्यो नेप्से, कारोबार रकम पनि झण्डै तीन अर्ब कम

काठमाडौंं । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक (नेप्से)...

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा उल्लेख्य काम

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा उल्लेख्य काम

काठमाडौँ । वर्तमान सरकार गठन भएको एक वर्ष भएको छ।...

देशैभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ

देशैभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ

काठमाडौँ । देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

मौद्रिक नीति सकारात्मक : सिबिफिन

मौद्रिक नीति सकारात्मक : सिबिफिन

काठमाडौँ । दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक...