back
CTIZAN AD

तानसेन नपाको बजेट करिब रु १५ करोड

वि.सं.२०७३ पुस २६ मंगलवार

1K 

shares

पाल्पा। तानसेन नगरपालिकाको २०औँ नगरपरिषद्ले आव २०७४÷०७५ को रु १४ करोड ६६ लाख ७२ हजार ७१६ को बजेट तथा कार्यक्रम सोमबार सार्वजनिक गरेको छ ।

तानसेन नगरपालिकाका कार्यकारी अधिकृत अनिल पौडेलले आगामी आवमा परिषद्ले पँुजीगततर्फ रु १३ करोड १४ लाख ७२ हजार ७१६ र चालु प्रशासनिकतर्फ रु एक करोड ५२ लाख छुटयाएको बताउनुभयो ।

परिषद्ले सन् २०१८ भित्र तानसेन नगरलाई शून्य फोहरयुक्त नगरपालिका घोषणा गर्ने, प्लास्टिकमुक्त नगरलाई नेपालमै नमुना नगरपालिका बनाउने, तानसेनलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिएको अधिकृत पौडेल बताउनुहुन्छ ।

तानसेनलाई सरकारले घोषणा गरेअनुसारको ऐतिहासिक तथा सांस्कृतिक सहरको रुपमा विकास गर्ने, पर्यटकीय आर्कषणको रुपमा रहेको श्रीनगर पार्कलाई व्यवस्थितरुपमा सञ्चालन गर्ने, गौडे पुलदेखि होलाङ्दीसम्म सडकलाई चार लेनको बनाउने जस्ता महत्वाकांक्षी योजना अघि बढाएको छ ।

परिषद्ले उत्कृष्ट काम गर्ने कर्मचारी विष्णु पौडेल, मनोहरलाल शाक्य, रुपा शाक्य, मङ्गलबहादुर भाट, राजु महर्जन, धनबहादुर सारु, लोकमान श्रेष्ठ, दिलबहादुर दमाई, तथा उत्कृष्ट करदाता पाल्पाली छे र सरसफाइतर्फ कैलाशनगर युवा क्लबलाई सम्मानित गरेको छ ।

पाल्पाका स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेले नगरपालिका जस्तै जिल्लाको आन्तरिक स्रोत कम भएकाले चाहे जति बजेट तानसेन नगरपालिकालाई विनियोजन गर्न नसकिएको बताउनुभयो । कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका नेताको सहभागिता रहेको थियो । रासस

वि.सं.२०७३ पुस २६ मंगलवार ०४:४६ मा प्रकाशित

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...