back
CTIZAN AD

ईलाम सेवा समाजले बार्षिकोत्सवमा बनभोज गर्ने

वि.सं.२०७३ पुस २६ मंगलवार

921 

shares

दिल कुमार श्रेष्ठ, दोहा । ईलामेलीहरुको साझा संस्था ईलामसेवा समाजले आगामी जनवरी १३ का दिन गर्न लागेको बनभोजको तयारी पुरा गरेको छ । बार्षिकोत्सवको अवसर पारेर रमाईलो बनभोज कार्यक्रमको तयारी गरिएको सस्थाकी उपाध्यक्ष रेणु कार्कीले बताइन । उनले कतारमा कार्यरत सम्पुर्ण ईलामेलिहरुलाई उपस्थित हुन आग्रह गर्दै गैह्र ईलामेली, सामाजिक अगुवाहरु, समाजसेवि, तथा विभिन्न संघ संस्थाका पदाधिकारिहरुलाई उपस्थितिको लागि पत्राचार गरिएको जानकारी दिएकी छिन ।

जेहेन्दार बिद्यार्थी छात्रवृत्ति, समुन्नत ईलाम, पर्याटन पवद्र्धन हाम्रो चाहना, ईलामेलीहरुको एकता, बनभोज तथा बार्षीक उत्सवको शुभकामना भन्ने मुल नाराको साथ बनभोजको तयारीमा जुटेका ईलामेलीहरुले आगामी दिनहरुमा ईलाम जिल्लाको गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृति प्रदान गर्ने निर्णय गरिसकेको छ ।
पछिल्लो समयमा दर्ता गरिएको यो संस्था बिभिन्न मानबिय तथा सामाजिक कामहरुमा निकै ससक्त भूमिकामा रहेको छ ।

बनभोजमा सम्पुर्ण ईलामबासीहरुको उपस्थिति जरुरी रहेको भन्दै हातमा हात र साथमा साथ जोडेर अघि बढौं भन्दै ईलामेली दाजुभाई तथा दिदी बहिनीहरुमा ईलाम सेवा समाज अनुरोध गरेको छ ।
पर्यटकीय सम्भावना बोकेको ईलामका युवाहरुले आगामी दिनमा युवा स्वरोजगार अभियान संचालन गर्ने र यसै क्षेत्रमा आफ्नो भविष्य निर्माण गर्न सकिने भन्दै दोहाका युवाहरु कम्मर कसेर लागि परेको छ ।

ईलामेली युवाहरुको यस प्रसंसनिय काममा सम्पुर्ण ईलामबासी दाजुभाई तथा दिदीबहिनीहरु एकजुट हुन आग्रह गर्दै आगामि जनवरी १३ तारिखको दिन ईलाम सेवा समाजको उक्त बनभोज कार्यक्रम भब्य सभ्य र धुमधामका साथ सफल बनाउन कतारबासी नेपालीहरुलाई उपस्थितिको लागि यसै समाचार मार्फत सुचित समेत गरेका छन् ।

वि.सं.२०७३ पुस २६ मंगलवार ०३:५४ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...