back
CTIZAN AD

यस्तो छ नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ कात्तिक २५ मंगलवार

789 

shares

२५ कात्तिक, काठमाडौं । नेपालमा मंगलबार ( २५ कात्तिक ) सम्म पिसीआर प्रविधिबाट १५ लाख ६४ हजार २१८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १२,९६० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३८ हजार ३५जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ८,३०१ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २९ हजार ७३४ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ४०४ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ४५, प्रदेश २ मा १२, बागमती प्रदेशमा १८४, गण्डकी प्रदेशमा ७६, लुम्बिनी प्रदेशमा ६२, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिममा १७ जना गरी जम्मा ९६ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १५ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा ५८ जना, गण्डकी प्रदेशमा १५ जना र लुम्बिनी प्रदेशमा ६ जना गरी जम्मा ९६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासीपूर्व, दाङ र रुपन्देही गरी १३ वटा रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा १०५८ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मुस्ताङ रहेको छ ।

त्यस्तै आज थपिएका २७३६ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । साथै आज ८५३ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ ।

आज २१ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११४८ पुगेको छ ।

आज देशैभरी २७३६ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका १४२० जनासहित देशैभरी २७३६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ११४१,ललितपुरमा १९३ र भक्तपुरमा ८६ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २, उदयपुरमा ५, ओखलढुंगामा ५, खोटाङमा ३, झापामा ९३, ताप्लेजुङमा १, तेह्रथुममा २, भोजपुरमा ३, मोरङमा ४७ र सुनसरीमा ७८ गरी प्रदेशमा आज २५३ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १६, पर्सामा ५, बारामा १९, महोत्तरीमा १३, रौतहटमा ४, सप्तरीमा १६, सर्लाहीमा ११ र सिराहामा १४ जना गरी प्रदेशमा आज ९८ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ११४१, काभ्रेपलान्चोकमा १०१, चितवनमा १६८, दोलखामा २४, धादिङमा ६ , नुवाकोटमा २२, भक्तपुरमा ८६, मकवानपुरमा १२, रामेछापमा ६, ललितपुरमा १९३, सिन्धुपाल्चोकमा २० र सिन्धुलीमा ९ जना गरी प्रदेशमा आज १७८८ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ९४, गोरखामा २१, तनहुँमा ७, नवलपरासीपूर्वमा ४१, पर्वतमा ६, म्याग्दीमा ४, लमजुङमा ८, बागलुङमा ८ र स्याङजामा २० जना गरी प्रदेशमा आज २०९ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ११, गुल्मीमा २७, दाङमा ४५, नवलपरासीमा १५, पाल्पामा २२, प्युठानमा ४, बर्दियामा ३१, बाँकेमा २२, रुपन्देहीमा ८८ र रोल्पामा १० जना गरी प्रदेशमा आज जम्मा २७९ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको दैलेखमा ५, रुकुमपश्चिममा १, सल्यानमा २, सुर्खेतमा ४ र हुम्लामा १ जना गरी प्रदेशमा आज जम्मा १३ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ३, कन्चनपुरमा १८,कैलालीमा ५४, डडेल्धुरामा ४, डोटीमा १, दार्चुलामा ३, बझाङमा १० र बैतडीमा ३ जना गरी प्रदेशमा आज ९६ जना थपिएसँगै देशैभरी २७३६ जना संक्रमति थपिएका हुन् । जसमा महिला १०५९ र पुरुष १६७७ जना रहेका छन् ।
आज थपिएका २७३६ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ ।

आज ८५३ जनाले कोरोना जितेर घर फर्किए
पछिल्लो २४ घण्टामा देशैभरी ८५३ जना कोरोना संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ८५३ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ८५३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ८० प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २९ हजार ७३४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ४८५०, प्रदेश २ मा ९५२, बागमती प्रदेशमा १८,८३८, गण्डकी प्रदेशमा १७४८, लुम्बिनी प्रदेशमा २१६०, कर्णाली प्रदेशमा ३२१ र सुदूरपश्चिम प्रदेशमा ८६५ जना गरी २९ हजार ७३४ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ८,३०१ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट आज पनि जनाको मृत्यु
कोरोना संक्रमणबाट नेपालमा आज पनि २१ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका २१ जनाको मृत्यु भएको हो ।
आज थपिएका २१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११४८ पुगेको छ ।

.

वि.सं.२०७७ कात्तिक २५ मंगलवार १७:४८ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...