back
CTIZAN AD

चुनावको अनुसन्धान गर्ने निर्देशनको विरोधमा पिल्जरले दिए राजीनामा

वि.सं.२०७७ कात्तिक २५ मंगलवार

735 

shares

२५ कात्तिक,वासिङटन । अमेरिकी संघीय न्याय विभागका निर्देशक रिचार्ड पिल्जरले राजीनामा दिएका छन् । महान्यायाधीवक्ता विलियम बारले विभागका केही प्रमुखहरुलाई “मेमो” पठाएर राष्ट्रपति चुनावमा धाँधली भए नभएको अनुसन्धान गर्न निर्देशन दिएपछि त्यसको विरोधमा पिल्जरले राजीनामा दिएका हुन् ।

पिल्जरले हाल महान्यायाधीवक्ताको कार्यालयमा चुनावसँग सम्बन्धित अपराधको छानबिन विभाग सम्हाल्दै आएका थिए ।

रिपब्लीकन पार्टी र राष्ट्रपति डोनाल्ड ट्रम्प दुबैले चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएका छन् । राष्ट्रपति ट्रम्पले राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक पार्टीका जो बाइडेनलाई बधाई समेत दिएका छैनन् भने चुनावी परिणामलाई पनि स्वीकार गरेका छैनन् ।

राष्ट्रपति ट्रम्पले हार स्वीकार्न अस्वीकार गरेसँगै उनका महान्यायाधीवक्ता विलियम बारले विभिन्न संघीय निकायहरुलाई पत्र (मेमो) लेखेर तत्काल छानबिन अगाडि बढाउन विवादास्पद निर्देशन दिएका छन् ।

महान्यायाधीवक्ता बारले चुनावको औपचारिक नतिजा सार्वजनिक हुनुअघि राष्ट्रपतिको गुनासोलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

अमेरिकी राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएपनि राष्ट्रपति ट्रम्पले चुनावमा व्यापक धाँधली भएको आरोप लगाइरहेका छन् । राष्ट्रपतिको पक्षका वकीलहरुले अमेरिकाका विभिन्न राज्यका अदालतमा मुद्दा दायर गरिरहेका छन् । (रासस–एएनआई)

वि.सं.२०७७ कात्तिक २५ मंगलवार १७:५० मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

अम्मान । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट...

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा...

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

ब्रसेल्स । सत्ताईस सदस्यीय युरोपेली सङ्घ (इयू)को जनसङ्ख्या सन् २०२९...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...