back
CTIZAN AD

मन्त्रीहरुलाई प्रधानमन्त्रीको उर्दी–अब घरकै चामल मगाएर खानुहोस्

वि.सं.२०७७ कात्तिक २६ बुधवार

696 

shares

२६ कात्तिक, काठमाडौं । कोरोना महामारीका कारण तलब आधा काटिएको र विभिन्न शिर्षकमा दिइने भत्ता तथा सुविधा पनि काटिएपछि यतिबेला मन्त्रीहरु समस्यामा परेका छन् ।

तलब भत्ता काटिएपछि घरको खर्च कसरी चलाउने भनेर गुनासो पोख्न नपाउँदै प्रधानमन्त्रीले ‘घरको चामल मगाएर खान’ मन्त्रीहरुलाई उर्दी दिएको समाचार बुधबारको जनआस्था साप्ताहिकमा समाचार छ ।

मन्त्रीहरुको आधा तलब काटिएपछि के खाने ? पाहुना कसरी पाल्ने, मतदाताका बीच कसरी जाने ? ठूला चाडपर्वमा खर्च कसरी चलाउने भन्ने कुरा उठाउन नपाउँदै प्रधानमन्त्रीले यस्तो उर्दी दिएपछि सोमबार साँझ क्याविनेट बैठकमा मन्त्रीहरु चुप रहे ।

आधा तलब कोभिड कोषमा गएको र पार्टीको लेवि पनि तिर्नुपर्ने हुनाले लप्पन छप्पन नजान्ने र आउने स्रोत नभएका मन्त्रीहरुलाई भने गाह्रै पर्ने गरेको छ ।

त्यस्तै प्रधानमन्त्रीले पनि चैतदेखि मासिक तलब नबुझेको भन्ने गरेका छन् । तर, विदेशका महँगा अस्पतालमा हुने उपचार खर्चको जोहो कसरी भइरहेको छ ? व्यक्तिगत खर्च कसरी चल्छ ? कसैकसैले हँस्यौली गर्दै भन्ने गरेका छन् ‘पत्नी राधिकाको राष्ट्र बैंकबाट आउने महिनावारी पेन्सनबाट त चल्ने होला नि !’

वि.सं.२०७७ कात्तिक २६ बुधवार ०८:५० मा प्रकाशित

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक...