back
CTIZAN AD

छठ पर्वका लागि धमाधम उखु पेल्दै किसान

वि.सं.२०७७ कात्तिक २६ बुधवार

699 

shares

२६ कात्तिक, महोत्तरी । महोत्तरीका उखु किसान दीपावली (तिहार) पर्वको मुखमा धमाधम उखु पेल्न लागेका छन् । दीपावली र लगत्तै आउने छठ पर्वमा मिठ्ठा (सक्खर) को माग निकै हुने बेला पारेर किसान उखु पेल्न जुटेका हुन् ।

अहिले घरमा पेलिएको उखुको सक्खर आम उपभोक्ताको रोजाइमा पर्ने भएपछि किसानको यस काममा व्यस्तता बढेको हो । जिल्लाको बर्दिबास, भङ्गाहा, गौशाला र औरहीसहित उखु खेती निकै गरिने नगरपालिका क्षेत्रका बस्ती÷बस्तीमा अहिले घरघरैजसो तुर्पिन (उखु पेल्ने उपकरण) चलिरहेका भेटिन्छन् ।

“अहिले चाडपर्वले मिठ्ठाको माग निकै छ, त्यसैले तत्काल नगद हात पर्ने हुँदा उखु पेल्न थालिएको हो”, भङ्गाहा–४ प्रेमनगरका किसान सुफल महतोले भने, “अन्य बित्दो खेतीको काम नभएको र चाडपर्व मनाउन तत्काल नगद पाइने हुँदा उखु पेल्न लागेका हौँ ।” चिनी मिल (उद्योग) को चलान कहिले खुल्ने टुङ्गो नहुने र भुक्तानी पनि समयमा नपाउने भएपछि उखु पेल्न थालिएको किसानको भनाइ छ ।

अहिले बर्दिवास नगरपालिकाका किसाननगर, मनहरिपुर, कृष्णपुर, फूलबारीटोल, बिजलपुरा, खजुरिया, पशुपतिनगर, हाथीलेट र प्रेमनगरसहितका बस्तीमा आम किसानलाई उखु पेल्ने चटारो देखिँदैछ । दीपावली मुखमै आइसकेको र पर्वअघि मिठ्ठा बजार पुर्याउन सके अपेक्षित मूल्य पाइने किसान बताउँछन् । भङ्गाहाको प्रेमनगर, रामनगर, टोकाटोल, राजपुर, भूचक्रपुर र सीतापुर धतीयाटोलका घरघरै पनि अहिले उखु पेल्ने तुर्पिन चलिरहेका छन् ।

यस्तै औरहीका बस्ती र एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज रहेकै गौशाला नगरपालिकाको रामनगर बस्तीमा पनि आम किसान उखु पेल्न र रस पकाएर सक्खर बनाउन व्यस्त देखिएका छन् । गौशालामा उखु खेती निकै गरिने इटाटार, रजखोर, भरतपुरखोर, कालीपुर, बटुवा, लक्ष्मीनिंयाँ, पडरिया र कान्तिबजार बस्तीमा पनि उखु पेल्ने धमाधमले छोपेको देखिन्छ । दीपावली र छठलाई केन्द्रित गरी बनाइएको मिठ्ठा (सक्खर) राम्रो मूल्यमा बिक्ने हुनाले उखु पेल्ने अहिलेको मुख्य काम बनेको गौशालाको बटुवा बस्तीका किसान लक्ष्मीप्रसाद कुशवाहा बताउँछन् ।

केही वर्ष पहिलेसम्म १० हजार हेक्टरमाथि पुगेको उखु खेती पछिल्ला तीन वर्षयता क्रमशः घट्दै गएको छ । एकपटक लगाएपछि कम्तीमा दुई बाली लिन पाइने उखु खेती नगद आर्जनको राम्रो स्रोत भए पनि चिनी उद्योगहरुले भुक्तानीमा निकै झुलाउन थालेपछि घट्दै गएको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले बताउनुभयो । यसपालि खुट्टी ९दोस्रो वर्षको बाली० तीन हजार हेक्टरको आसपास र मुडन (पहिलो वर्ष लिने उत्पादन) दुई हजार हेक्टरभन्दा तल झरेको कुशवाहाको भनाइ छ ।

“उखु खेती गर्न अग्रिम रकम नपाइने, उखु कटानको ठिक समयमा चलान नपाउने र मूल्य निर्धारण एवं भुक्तानीमा बर्सेनि लामो उल्झन हुन थालेपछि किसानको जाँगर मरेको छ”, अध्यक्ष कुशवाहा भन्छन्, “यिनै कारणले किसान अन्य वैकल्पिक खेतीतिर लागेका र भएको उखु पनि आफैँ पेल्न थालेका हुन् ।”

जिल्लामा उखु खेतीका लागि उपयुक्त उर्वर माटो र वातावरण भए पनि यसका लागि राज्य र चिनी उद्योगहरुले किसानलाई उत्साहित बनाउन नसकेको आम किसानको गुनासो छ । किसानलाई उत्साहित बनाउने योजना बन्नसके जिल्लामा उखु खेती फस्टाउने प्रशस्त सम्भावना रहेको सङ्घको ठम्याइ छ । (रासस)

वि.सं.२०७७ कात्तिक २६ बुधवार ११:०६ मा प्रकाशित

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

ढोरपाटन (बागलुङ) । तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...

यस्तो छ समितिले आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...