back
CTIZAN AD

चीनको नाकाबाट मालसामान सहजरूपमा ढुवानी गर्ने वातावरण मिलाउन महासङ्घको आग्रह

वि.सं.२०७७ कात्तिक २६ बुधवार

660 

shares

२६ कात्तिक, काठमाडौं । व्यवसायीले चीनको नाकाबाट सहजरूपमा मालसामान ढुवानी गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेका छन् । व्यवसायीको छाता सङ्गठन नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मङ्गलबार एक विज्ञप्ति जारी गरी लामो समयको बन्दाबन्दीमा रोकिएका सामग्री सहज ढुवानी गर्ने वातावरण मिलाउन आग्रह गरेको हो ।

महासङ्घका अध्यक्ष नरेश कटुवालले नाकामा रोकिएका सामान सहजरूपमा ल्याउने वातावरण निर्माण गर्न सम्बन्धित मन्त्रालयका मन्त्री तथा विभिन्न पार्टीका शीर्षस्थ नेतालाई भेटेर ध्यानाकर्षण गराए पनि सामान ढुवानीमा सहज नभएको बताए । “महासङ्घको ध्यानाकर्षणपछि केरुङ, तातोपानीलगायतका नाका खुला भए पनि मालवस्तु सहजरूपमा नेपाल भित्रिन सकेका छैनन्”, उनले भने ।

चीनले अहिले दिनमा एक/दुईवटा मात्र कन्टेनर नेपाल भित्रिन दिएर अवरोध गरिरहेको भन्दै कूटनीतिक वार्तामार्फत सहजरूपमा कन्टेनर नेपाल ल्याउने वातावरण मिलाउन महासङ्घले आग्रह गरेको छ ।

महासङ्घले अहिले पनि नाकामा धेरै कन्टेनर रोकिएको भन्दै नाकामा रोकिएका कन्टेनर सहजरूपमा भित्रिने वातावरण सरकारले निर्माण नगरे नाकामै धर्ना बस्ने बताएको छ । रासस

वि.सं.२०७७ कात्तिक २६ बुधवार ११:४२ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...