back
CTIZAN AD

अमेरिकी प्रविधीबाट कालोपत्रे हुँदै पोखराका सडक

वि.सं.२०७७ कात्तिक २६ बुधवार

681 

shares

कात्तिक, काठमाडौं । गण्डकी प्रदेश सरकारले पोखरास्थित पर्यटकीय क्षेत्र लेकसाइडबाट सडक स्तरोन्नति गरी अमेरिकी प्रविधि ‘अस्फाल्ट’ कालोपत्रे शुरु गरेको छ ।

यातायातको बढी चाप हुने बजार क्षेत्रमा खाल्डाखुल्डी परेर बर्सेनि सडक जीर्र्ण भएपछि प्रदेश सरकार, पोखरा महानगरपालिका तथा डिभिजन सडक कार्यालयले क्षेत्र विभाजन गरी मुख्य शहरी क्षेत्रको २५ किमी सडकलाई अस्फाल्ट प्रविधिबाट कालोपत्रे शुरु गरेका हुन् । प्रदेश सरकारले मुस्ताङचोक, शहीदचोक, हल्लनचोक हुँदै जिरो किमीसम्मको पाँच किमी १५० मिटर सडक कालोपत्रे गर्न शुरु गरेको हो ।

सो सडक अस्फाल्ट कालोपत्रेका लागि रु नौ करोड ७८ लाख १३ हजार ६६७ लागतमा ठेक्का सम्झौता गरिएको पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख डिभिजनल इञ्जिनीयर दिनेश घिमिरेले जानकारी दिए । उनका अनुसार आगामी पुस मसान्तसम्म सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि निर्माण कम्पनी इलाइट मोटिडान जेभी काठमाडौँले काम गर्दा केही व्यवधान नआएको खण्डमा मङ्सिरभित्रै सक्ने प्रतिबद्धता जनाएको छ । हाल भइरहेको कालोपत्रे सडकमाथि नै अस्फाल्ट कालोपत्रे बिछ्याइएको छ ।

महानगरपालिकाले भने दशैँ अघिदेखि नै काम शुरु गरेको थियो । महानगरले १४ किमी सडक अस्फाल्ट कालोपत्रेका लागि रु १७ करोड लागतमा ठेक्का सम्झौता गरिएको जनाएको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले मङ्गलबार कालोपत्रे गर्ने कार्यको एक कार्यक्रमका बीच शुभारम्भ गरेका हुन ।

कार्यक्रममा मन्त्री बस्नेतले निर्धारित समयमा गुणस्तरीय कार्य गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका थिए । अस्फाल्ट प्रविधिको प्रयोग गरी सडक स्तरोन्नतिका लागि पोखराको अन्यत्रबाट समेत माग आएको बताउँदै उनले आगामी वर्षमा सो कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

अस्फाल्ट प्रविधिबाट सडक कालोपत्रे गर्दा सडक बलियो हुने र कम्तीमा पाँच वर्ष सडकमा खाल्डाखुल्डी नपर्ने दावी गरिएको छ । पिचको मोटाइ पाँच सेमीको हुने पूर्वाधार कार्यालयले जनाएको छ । रासस

वि.सं.२०७७ कात्तिक २६ बुधवार ११:३३ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...