back
CTIZAN AD

जोफ्रा आर्चर बने आईपीएलको मोस्ट भ्यालुएबल प्लेअर

वि.सं.२०७७ कात्तिक २६ बुधवार

678 

shares

२६ कात्तिक, काठमाडौं । जोफ्रा आर्चर इन्डियन प्रिमियर लिग ९आईपीएल० टी(२० को मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका छन् ।

राजस्थान रोयल्सका फास्ट बलर जोफ्रा आर्चरले मोस्ट भ्यालुएबल प्लेयरको उपाधि जितेका हुन । उनिसँगै इङल्याडका अन्य खेलाडि वेन स्टक, जोस बट्लर र साम करन पनि मोस्ट भ्यालुएबल प्लेयरको लिस्टमा परेका थिए । गर उनले सबैलाई पछि पार्दै १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी(२० को मोस्ट भ्यालुएबल प्लेयरको उपाधि जितेका हुन् । उनले १४ खेल मार्फत २० विकेट लिएका थिए ।

उनि विकेट बढि लिनेको लिस्टको ७ औँ स्थानमा रहन सफल भए । विकेट बढि लिनेमा कागेसो रवाडा, जसप्रित बुम्रा, ट्रेन्ट बोल्ट, यान्रिक न्योक्या, उज्बेन्द्र चाहाल र रासिद खान पछि उनी रहे । मोस्ट भ्यालुएबल प्लेयर बन्नको लागि उनले ३०५ अंक पाएका थिए ।

मंगलबार दुबईमा सम्पन्न आईपीएलमा भने राजस्थान तालिकाको अन्तिम स्थानमा रहन पुग्यो । टिमको प्रदर्शन खराव रहेपनि आर्चरले भने दिल्ली क्यापिटल्सका बलर कागिसो रबाडा र मुम्बई इन्डियन्सको बलर जसप्रित बुमराहलाई पछि पार्दै मोस्ट भ्यालुएबल प्लेयरको उपाधि जिते।

फाइनलमा मुम्बईले दिल्लीलाई ५ विकेटले पराजित गर्दै कीर्तिमानी पाँचौ पटक उपाधि जितेको छ । च्याम्पियन मुम्बईले फेयर प्लेको अवार्ड समेत जित्यो ।

यस्तै मुम्बईकै काएरन पोलार्ड, इशान किसन र ट्रेन्ट बोल्टले पनि व्यक्तिगत अवार्ड जिते । पोलार्डले सुपर स्ट्राइकर अवार्ड र बोल्टले पावर प्ले अवार्ड जिते । किसनले सर्वाधिक छक्का प्रहार गर्ने अवार्ड जिते । उनले लिगभर कूल ३० छक्का प्रहार गरे ।

वि.सं.२०७७ कात्तिक २६ बुधवार १७:१९ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...