back
CTIZAN AD

तिहारमा टेलिकमले ल्यायो एसएमएस प्याकमा तीन प्रकारका सहुलियत

वि.सं.२०७७ कात्तिक २७ बिहीवार

624 

shares

२७ कात्तिक, काठमाडौं । नेपाल टेलिकमले तिहार, छठ तथा नेपाल संवतको नयाँ वर्ष (न्हु दया)का अवसरमा आफन्त र शुभचिन्तकहरुलाई शुभकामना सन्देश पठाउन सहज होस् भनेर एसएमएस प्याकका साथै विभिन्न प्रकारका प्याकहरु उपलब्ध गराएको छ।

सामान्य अवस्थामा एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्ने गरेको छ । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको अटम अफरअन्तर्गतको एसएमएस प्याकमा तीन प्रकारका सहुलियत उपलब्ध रहेको टेलिकमले जनाएको छ ।

जसमा ५ रुपैयाँमा २० वटा एसएमएस, १५ रुपैयाँमा ७० वटा एसएमएस र ६० रुपैयाँमा ३०० वटा एसएमएस छन्। यी प्याक क्रमशः १ दिन, ७ दिन र २८ दिनको समयावधिभित्र प्रयोग गर्न सकिन्छ।

२० वटा एसएमएसका लागि एसएमएस२०, ७० वटाका लागि एसएमएसठण् र ३०० वटाका लागि एसएमए३०० लेखेर १४१५ मा एसएमएस पठाउन सकिन्छ।

नेपाल टेलिकमको पोस्टपेड प्रयोगकर्ताहरुले पोस्टपेडका विभिन्न प्याकमध्ये प्राइम, प्रिमियम, गोल्ड र डायमण्ड प्याक लिंदा एसएमएस, भ्वाइस र डाटा प्याकहरु समेत प्रयोग गर्न सकिन्छ ।

पोस्टपेड प्राइम प्याक लिई २ सयवटा एसएमएस, प्रिमियम प्याक खरिद गर्दा ५ सय वटा एसएमएस र गोल्ड तथा डायमन्ड प्याक खरिद गर्दा १ हजार वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध छ। यी एसएमएस एक महिनासम्म कुनैपनि समयमा पठाउन सकिन्छ।

कर्पोरेट कार्यालयका लागि उपलब्ध गराइएको कर्पोरेट युजर ग्रुप ९सीयूजी० अन्तर्गत रहेर पनि सहुलियत दरमा एसएमएस पठाउन सकिन्छ। सीयूजी प्याकअन्तर्गत २०० रुपैयाँ, ५०० रुपैयाँ, १००० रुपैयाँ र १५०० रुपैयाँका दरका विभिन्न अफरअन्तर्गत रहेर ग्रुपमा आबद्ध र ग्रुपभन्दा बाहिरका नम्बरमा समेत कल गर्न र एसएमएस गर्न सकिनुका साथै डाटा समेत चलाउन सकिन्छ।

वि.सं.२०७७ कात्तिक २७ बिहीवार १०:४२ मा प्रकाशित

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...