२७ कात्तिक, काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीमा थप १ जनाको मृत्यु भएको छ ।
रुपन्देहीको देवदह नगरपालिका वडा नं ७ का ४७ वर्षीय एक पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।
कात्तिक २० गते कोरोना पोजेटिभ भइ २१ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका उनको विहिबार विहान सवा नौ बजे मृत्यु भएको हो ।
उनी एचआइभी पोजेटिभ व्यक्ति रहेको र कोरोनासँगै ज्वरो र स्वास प्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएका थिए ।

वि.सं.२०७७ कात्तिक २७ बिहीवार १५:३० मा प्रकाशित






























