काठमाडौं । अमेरिकामा पुनः कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार पछिल्लो १० दिनमा १० लाख बढि संक्रमित भेटिएका छन् ।
जनाइएअनुसार बुधबार मात्रै झण्डै डेढ लाख संक्रमित थपिएका थिए । सञ्चार माध्यमका अनुसार मुख्य ठूला शहरहरुमा संक्रमितको संख्या अनौठो गरि बढेको छ ।
न्यूर्योर्क पुनः संकटतिर
कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै अमेरिकाको मुख्य व्यापारिक शहर पुनः संकटतर्फ डोरिएको छ । शहरका अस्पताल जति संक्रमितले भरिएका छन् ।
संक्रमितको संख्या बढेसँगै न्यूयोर्कका गभर्नरले राज्यमा नयाँ प्रतिबन्धनको घोषणा गरेका छन् । जनाइएअनुसार बुधबारदेखि न्यूयोर्कमा मानिसहरुको भीडभाड हुने ठाउँहरु, पार्टी प्यालेस, जीमखाना, क्लबलगायत बन्द गरिएका छन् । एजेन्सीको सहयोगमा
वि.सं.२०७७ कात्तिक २७ बिहीवार १५:३९ मा प्रकाशित





























