back
CTIZAN AD

प्रभु बैंकबाट जुनसुकै बैंकको नगद निकाल्न क्यूआर कोड स्क्यान प्रणाली

वि.सं.२०७७ कात्तिक २७ बिहीवार

699 

shares

२७ कार्तिक, काठमाडौं । प्रभु बैंकले मोबाइलमा भएको एपबाट स्क्यान गरी नगद झिक्न मिल्ने सुविधा ल्याएको छ । बैंकले बैंकिङ प्रणालीलाई समयसापेक्ष रुपमा डिजिटल बनाउदै लैजाने प्रयास स्वरुप यो प्रणालीको सुरुवात गरेको हो ।

बैंकका अनुसार बैंकका ग्राहाकहरुले आएर स्क्यान गरेर आफ्नो खातामा भएको नगद निकाल्न सक्छन् । यो सुविधा जुनसुकै बैंकका ग्राहकले पनि प्रभु बैंकमा गएर मोबाइलमा भएको एपमार्फत् स्क्यान गरी नगद झिक्न सक्ने बैंकले जानकारी दिएको छ ।

हाल नेपालमा मोबाइल बैंकिङ प्रयोग गर्नेहरुको संख्या १ करोडभन्दा बढी रहेका छन् । प्रभु बैंकको मात्र मोबाइल बैंकिङ प्रयोगकर्ता ५ लाखभन्दा बढी रहेको र आगामि दिनमा यसको संख्या बढ्दै जाने भएकोले बैंकले यो प्रणालीको सुरुवात गरेको हो ।

बैंकका अनुसार जुनसुकै बैंकका ग्राहकले पनि प्रभु बैंकको कुनै पनि शाखामा गएर नगद झिक्न सक्नेछन । अन्य बैंकको हकमाभने नगद झिक्दा निश्चित सेवा शुल्कलाग्ने छ ।

क्यूआर कोड स्क्यान गरी ग्राहाकले नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङका लागि तोकेको सीमाभित्र रहेर मात्रै रकम निकाल्न पाइनेछ । क्यूआर कोड स्क्यान गर्दा सेवाग्राहिहरुले झिक्नु पर्ने रकम टाइप गर्नुपर्ने छ र टेलरमा आफ्नो आधिकारिक परिचय पत्र बुझाएर फारम भर्नुपर्ने हुन्छ । त्यसपछि टेलरले झिक्न चाहेको रकम यकिन गरी नगद भुक्तानी गर्दछ ।

वि.सं.२०७७ कात्तिक २७ बिहीवार १५:४५ मा प्रकाशित

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...