२७ कात्तिक, काठमाडौँ । स्वास्थ्य सेवा कार्यालय कालिकोटले विभिन्न पदमा दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।
कालिकोट स्थित उक्त कार्यालयले रेडियोग्राफरमा १, ल्याब टेक्निसियनमा १, हेल्थ असिस्टेन्टमा ३, डाईटिसियनमा १, सामाजिक सुरक्षा ईकाइ संयोजकमा १, अ.हे.व मा २, ल्याव असिस्टेन्टमा १ र डार्क रुम असिस्टेन्टमा १ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
उक्त कार्यालयका अनुसार ईच्छुक व्यक्तिले आवश्यक शैक्षिक योग्यताका प्रमाणपत्र सहित कार्यालयको प्रशासन शाखामा सोझै ईमेलमा पेश गर्नुपर्ने छ ।
विस्तृत जानकारीका लागि फोनः नंं. ९८४८३६०६५९, ९८५८३९०३९१ वा ईमेलः hokalikot@gmail.com मा सम्पर्क गर्नुपर्ने सूचना दिएको छ ।
वि.सं.२०७७ कात्तिक २७ बिहीवार १५:५३ मा प्रकाशित






























