back
CTIZAN AD

एनएमबि बैंकको खुद नाफा बढ्यो

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

618 

shares

२८ कात्तिक, काठमाडौं । एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ७३ करोड २९ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६ करोड ११ लाख रुपैयाँ अर्थात १६९.६२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २७ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी बढेसँगै इम्पेरिमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५१ करोड ९१ लाख ५ हजार रुपैयाँ रहेको छ।

बैंकको समीक्षा अवधिमा खुद ब्याज आम्दानी १३ करोड ३५ लाख रुपैयाँ बढेर १ अर्ब ३५ करोड ७१ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ६४ करोड ८३ लाख रुपैयाँ बढेर १ अर्ब ५ करोड ४० लाख रुपैयाँ पुगेको छ।

बैंकको १४ अर्ब ४४ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ३५ करोड ७७ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा २ अर्ब ३४ करोड ५२ लाख रुपैयाँ सञ्चित छ।

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १५:२५ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कति छ आजका लागि नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजका लागि नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...