back
CTIZAN AD

आज देशैभरी २१११ जनामा कोरोना संक्रमण, उपत्यकामा थपिए १२०७

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

753 

shares

२८ कात्तिक, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकामा १२०७ जनासहित देशैभरी २१११ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ९१९, ललितपुरमा १८० र भक्तपुरमा १०८ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ४, उदयपुरमा ७, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ५६, ताप्लेजुङमा १, तेह्रथुममा ५, धनकुटामा ३, पाँचथरमा ४, भोजपुरमा १, मोरङमा १०८ र संखुवासभामा ३, सुनसरीमा १०८ र सोलुखुम्बुमा ७ गरी प्रदेशमा ३१४ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १५, पर्सामा ७, बारामा २, महोत्तरीमा ७, रौतहटमा ३, सप्तरीमा १६, सर्लाहीमा ६ र सिराहामा १९ जना गरी प्रदेशमा आज ७५ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ९१९, काभ्रेपलान्चोकमा ४०, चितवनमा १४, दोलखामा ७, धादिङमा १७, नुवाकोटमा १७, भक्तपुरमा १०८, मकवानपुरमा २५, रसुवामा १, रामेछापमा ३, ललितपुरमा १८०, सिन्धुपाल्चोकमा ९ र सिन्धुलीमा ६ जना गरी प्रदेशमा आज १३४६ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ७६, गोरखामा ५, तनहुँमा ४, नवलपरासीपूर्वमा ४७, पर्वतमा ३, म्याग्दीमा २, लमजुङमा २, बागलुङमा ६ र स्याङजामा १० जना गरी प्रदेशमा आज १५५ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको कपिलवस्तुमा ५, गुल्मीमा ६, दाङमा ८, नवलपरासीमा ७, पाल्पामा १९, प्युठानमा ४, बर्दियामा १५, बाँकेमा ३३, रुपन्देहीमा ४० र रोल्पामा ७ जना गरी प्रदेशमा आज जम्मा १४४ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा दैलेखमा १, रुकुमपश्चिम १, सल्यान २, सुर्खेतमा ३ हुम्लामा १ गरी प्रदेशमा आज ८ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा १, कन्चनपुरमा ११, कैलालीमा ४१, डोटीमा ९, दार्चुलामा ३, बझाङमा ४ र बझाङमा ४ जना गरी प्रदेशमा आज ६९ जना जना संक्रमति थपिएसँगै आज देशैभरी २१११ जना संक्रमित थपिएका छन् । जसमा महिला ८५४ र पुरुष १२५७ जना रहेका छन् ।

आज थपिएका २१११ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ६ हजार ३५३ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ९७३ सहित देशैभरी १९१३ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १६:३२ मा प्रकाशित

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’...

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...