४ मंसिर, काठमाडौं । सत्तारुढ नेकपाका युवा नेता एवं पर्यटन मन्त्री योगेश भट्टराईले आफ्नो पार्टीमा कुनै छिमेकीको सक्रियताले जुट्ने वा फुट्ने काम नहुने बताएका छन् ।
नेकपाको विकास जैविक र नेपाली विशेषतामा बनेको पार्टी भएको र नेकपाको विकास वा विनाश आफैंभित्र अन्तरनिहित रहेको भट्टराईको भनाई छ ।
नेकपा विवादबारे सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘नेकपा जैविक र नेपाली बिशेषताको मौलीक पार्टी हो । यसको विकास वा विनास यसैभित्र अन्तरनिहित छ । ‘हिमाल पारीको संकेतबाट जुट्ने वा मैदान पारीको सकृयताबाट फुट्ने’ यो मान्यता नेकपाको शरीरमा फीट नहुने सोच वा औषधी हो ।’
भट्टराईका अनुसार नेकपा विभाजनको क्रमभंगतालाई तोडेर यहाँसम्म आएको हो । नेकपाको एकता वा विभाजनमा कसैका युक्ति नलाग्ने उनको भनाइ छ ।
‘अरु कसैमा यो उक्ति लागु हुनसक्छ, त्यो उनीहरुले नै जान्ने कुरा हो’ भट्टराईले भनेका छन्, ‘एमाले र माओवादीबिचको एकताबाट बनेको नेकपा बिभाजनको इतिहासलाई क्रमभङग गरी एकताको इतिहास् निर्माणको परिणाम हो ।’
घरेलु (नेपाली )बिउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टी हो नेकपा । यसको बिकास र बिस्तारमा कुनै…
Posted by Yogesh Bhattarai on Wednesday, November 18, 2020
वि.सं.२०७७ मंसिर ४ बिहीवार ०८:४१ मा प्रकाशित






























