४ मंसिर, काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीमा थप एकको मृत्यु भएको छ ।
गुल्मीको सत्यवती गाउँपालिका वडा नं ६ का ६२ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति १२ः४५ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएपछि सोहिदिन कोरोना विशेष अस्पतालमा भर्ना भइ उपचार गराएका उनको बुधबार राति मृत्यु भएको हो ।
उनमा ज्वरो, निमोनिया र स्वास प्रश्वासको समस्या देखिएको थियो ।
वि.सं.२०७७ मंसिर ४ बिहीवार ११:२५ मा प्रकाशित






























