back
CTIZAN AD

अमेरिकामा कोभिडबाट दुई लाख ५० हजार बढीको मृत्यु, न्यूयोर्कका विद्यालय बन्द

वि.सं.२०७७ मंसिर ४ बिहीवार

855 

shares

४ मंसिर, काठमाडौँ ।अमेरिकामा कोभिड–१९ सङ्क्रमित दुई लाख ५० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

कोभिड–१९ सङ्क्रमणमा पुनः वृद्धि देखिएकपछि अमेरिकी शहर न्यूयोर्कस्थित विद्यालयहरू बन्द गरी सङ्क्रमण नियन्त्रण गर्ने अन्य उपायसमेतलाई अवलम्वन गर्न थालिएको छ ।

यूरोपमा कोभिड–१९ को नियन्त्रणका लागि भन्दै विभिन्न उपायहरूलाई अवलम्बन गर्ने यूरोपेली मुलुकहरूको तयारीविरुद्ध ती मुलुकहरूमा बजार गतिविधि नियन्त्रणविरोधी विरोधहरू भएका छन् ।

अमेरिकामा बिहीबारसम्म कोभिड–१९ सङ्क्रमितमध्ये दुई लाख ५० हजार ४२६ व्यक्तिको मृत्यु भएको छ भने बुधबार एकै दिनमा एक लाख ५७ हजार ९५० जना थप व्यक्ति सङ्क्रमित भएका जोन हकिन्स विश्वविद्यालयले बताएको छ ।

अमेरिकी राज्यहरू र शहरले कोभिड सङ्क्रमण दरमा नियन्त्रण नआएपछि नियन्त्रणका पूराना तथा नयाँ उपायलाई अभ्यासमा ल्याउने बताएका छन् ।

न्यूयोर्कका नगरप्रमुख बिल डे ब्लासियोका अनुसार सहरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेपछि शहरमा रहेका करिब एक हजार ८०० विद्यालयहरूलाई बन्द गरिएको छ । ती विद्यालयहरूले दूर शिक्षालाई बिहीबार देखि नै अभ्यासमा ल्याएका छन् ।

नगर प्रमुख ब्लासियोले भने, “हामीले कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्न जरुरी भएको छ ।”

अमेरिकी औषधि कम्पनी पिफाइजरले विकास गरेको खोपले ९४ प्रतिशत विरामीमा सकारात्मक नतिजा दिएको भन्ने खबरबाट आशावादी बनेका अमेरिकीहरूलाई अमेरिकाको सबैभन्दा बढी जनघनत्व रहेको न्यूयोर्क शहरमा नियन्त्रणका लागि विद्यालय बन्द गर्ने नीतिपछि थप सशङ्कित बनेका छन् ।

 

वि.सं.२०७७ मंसिर ४ बिहीवार १८:१९ मा प्रकाशित

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...