६ मंसिर, काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकबाट अब मोवाइल वालेट बैंकिङ गर्दा पनि ब्याज पाइने भएको छ ।
बैंकले डिजिटल बैंकिङलाई अझै सहज बनाउने प्रयास स्वरुप ग्राहकहरुको सेवालाई ध्यानमा राखी सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लीक एकाउन्ट नामक दुई प्रकारका अनलाइन एकाउन्ट सेवा शुरु गरेको छ ।ग्राहकहरुले घरमै बसेर शुन्य मौज्दातमा खोल्न सकिने उक्त खातामा बैंकले वार्षिक ५।५० प्रतिशतका दरले त्रैमासिकरुपमा ब्याज भुक्तानी गर्ने छ ।
बैंकका अनुसार बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरु डिजिटल्ली खुल्ने र ग्राहकहरु बैंकमा उपस्थित हुन नपर्ने हुदाँ डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै उक्त बचत खाताहरुमा प्रबर्धनको निम्ति बढी ब्याजदर दिइएको छ ।
सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी सेन्चुरी पे मार्फत् वालेटको कारोबार समेत गर्न सकिनेछ । यस नयाँ सेवामार्फत ग्राहकवर्गहरुले विभिन्न डिजिटल माध्यमबाट प्रतिदिन ५ हजार रुपैयाँ बराबर नगदरहित कारोबार गर्न सक्नेछन् ।
उक्त खातामा वार्षिक १ लाख रुपैयाँसम्म कारोवार गर्न सकिनेछ ।सेञ्चुरी क्लिक एकाउन्ट मा नयाँ ग्राहकले अनलाइन बाटै खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । उक्त खातामा वार्षिक १५ लाख रुपैयाँसम्म कारोबार गर्न सकिनेछ ।
यो सेवा विशेषगरी विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरि बैंकले खाता संचालनमा ल्याएको बैंकले जनाएको छ ।
वि.सं.२०७७ मंसिर ६ शनिवार ०९:२२ मा प्रकाशित




























