back

कोरियामा रहेका नेपालीबाट पन्ध्र हजार सर्जिकल मास्क सहयोग

वि.सं.२०७७ मंसिर ६ शनिवार

612 

shares

६ मंसिर, वालिङ । दक्षिण कोरियामा रहेका नेपालीले वालिङ नगरपालिकामा पन्ध्र हजार थान सर्जिकल मास्क सहयोग गरेका छन् । पेन्थेक माइगे्रन्ट वेलफेयर सेन्टर नेपाली समिति दक्षिण कोरियाद्वारा मास्क सहयोग गरिएको समितिका संयोजक विशाल जिटीले बताए ।

समितिले वालिङ नगरपालिका कार्यालयलाई आठ हजार ५०० तथा वालिङ नगरपालिका–१३ अन्तर्गतको वडा कार्यालयमा ५००, सरस्वती माध्यमिक विद्यालय उदियाचौरमा दुई हजार ५००, लक्ष्मी माध्यमिक विद्यालय बोधिभञ्ज्याङमा दुई हजार, सर्वशक्ति आधारभूत विद्यालय पाठखोलालाई एक हजार र आँधीखोला बहुप्राविधिक शिक्षालय बोधिभञ्ज्याङमा ५०० गरी कूल पन्ध्र हजार थान सर्जिकल मास्क निःशुल्क उपलब्ध गराएको हो ।

“रोजगारीको सिलसिलामा विदेशमा रहँदा स्वदेशमा कोभिड–१९ को रोकथामका लागि केही न केही सहयोग गर्नुपर्छ भन्ने लागेर रकम सङ्कलन गरी सर्जिकल मास्क पठाएका हौँ”, संयोजक जिटीले भने, “मास्क लगाउन अनिवार्य गरिरहेको अवस्थामा सहजरुपमा मास्क उपलब्ध गराएर कोभिड–१९ को जोखिम रोकथाममा सक्दो सहयोग गर्नमा टेवा पुग्ने विश्वास समितिको छ ।”

कोभिड–१९ को सङ्क्रमणबाट वालिङमा दिन प्रतिदिन जोखिम बढ्दै गइरहेको अवस्थामा ठूलो मात्रामा सर्जिकल मास्क उपलब्ध गराएर कोभिड नियन्त्रणका लागि गरेका सहयोगप्रति नगरपालिकाको तर्फबाट नगर प्रमुख दिलीपप्रताप खाँणले धन्यवाद व्यक्त गरे । रासस

वि.सं.२०७७ मंसिर ६ शनिवार ०९:३७ मा प्रकाशित

Himalayan Life AD
नवलपुरमा स्वरोजगार कोषको लगानीको स्थलगत अनुगमन

नवलपुरमा स्वरोजगार कोषको लगानीको स्थलगत अनुगमन

कावासोती । नेपाल सरकारको युवा तथा खेलकूद मन्त्रालय अन्तर्गत सञ्चालित...

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

तानसेन (पाल्पा) । यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न...

सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर

धौलागिरि (म्याग्दी) । म्याग्दीको बेनी नगरपालिका–३, मरेककी एकल महिला कर्णकुमारी...

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी । रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा...

पोखरेबगर-घोडेपानी सडक स्तरोन्नति सुरु

पोखरेबगर-घोडेपानी सडक स्तरोन्नति सुरु

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि पर्यटकीय स्थल...