back
CTIZAN AD

कविताः अमृत देखाइ विष घोलिरहने सरकार

वि.सं.२०७७ मंसिर ६ शनिवार

1.1K 

shares

बोल्नत देशप्रेमकै भाषामा
राम्रै मिठै बोलिरहन्छ सरकार
तर बाहिर अमृतको लोगो देखाइ
शिशिभित्र विष घोलिरहन्छ सरकार

बुझ्नुस यो फट्याइ र बेइमानिको राज्य हो हजुर
इमान्दार बन्न नखोज्नु आफ्नै मन पोलिरहन्छ
यहाँ यस्तै छ बाहिर अमृतको लोगो देखाइ
शिशिभित्र विष घोलिरहन्छ सरकार

कुर्सिमा बस्दै पदको मालामा लडाइँ
एकपछि अर्को उस्तै आइरहने
के गर्नु गर्न त एउटा देशभक्तको मन जलिरहन्छ
बुझेर के गर्नु,
बाहिर अमृतको लोगो देखाइ
शिशिभित्र विष घोलिरहन्छ सरकार
इमान्दार भद्र बनि जति नै सदविचार खन्याए पनि
मूल्य छैन यहाँ बरु आफ्नै मन पोलिरहन्छ
हेर्नुस् न हजुर
बाहिर अमृतको लोगो देखाइ
शिशिभित्र विष घोलिरहन्छ सरकार

पद र कुर्सि मात्र झम्टिरहने महोदय हरुलाइ के थाहा
यहाँ दुखि जनताले बारबार दुखेसो खोलिरहन्छ
तर सोच्नुस् त हजुर
बाहिर अमृतको लोगो देखाइ
शिशिभित्र विष घोलिरहन्छ सरकार

खोक्रा भाषणमा सारा जनताहरु भुलाइ भुलाइ
आफ्नै हातमा मात्र बारबार घ्यूँ दलिरहन्छ
बुझ्नुस् त महोदय,
बाहिर अमृतको लोगो देखाइ
शिशिभित्र विष घोलिरहन्छ सरकार

तेरो मेरो तानातानमै ठिक्क के चाला हो
बोटको हेरचाह भएपो फल फलिरहन्छ
बुझ्नै गार्हो हजुर,
बाहिर अमृतको लोगो देखाइ
शिशिभित्र विष घोलिरहन्छ सरकार

एउटा सचेत छोरा जन्माइदेउ नेपाल आमा
होइन भने मेरो देश कर्कलो झैँ गलिरहन्छ
बोल्नत देशप्रेमकै भाषामा र।म्रै मिठै बोलिरहन्छ
बाहिर अमृतको लोगो देखाइ
शिशिभित्र विष घोलिरहन्छ सरकार ।।।

वि.सं.२०७७ मंसिर ६ शनिवार ०९:३५ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...