back
CTIZAN AD

गजल

वि.सं.२०७७ मंसिर ६ शनिवार

849 

shares

तिम्रो काँधमा बन्दुक राखी गोली अर्कैले चलाउँछ
आफ्नो बारीमा रोप्छौ बिरुवा फल अरुले फलाउँछ ।।१।।

लुते नै भयौ अब त रहेन तिम्रो प्रतिष्ठा र सान
यिनले तिमीलाई रछानको कसिंगरसरी गलाउँछ ।।२।।

जिन्दगीको तिम्रो खाता यिनले आफै चलाएर
ढंग तिम्रो नपुग्नाले तिमीलाई एकदिन ढलाउँछ ।।३।।

रत्तिभर बुद्धि–विवेक छैन तिम्रो दिमागमा
त्यही भएर ऐंजेरु सरी शत्रुनै शत्रु पलाउँछ ।।४।।

होशियार बन तिमी अब ज्ञान नेत्र खोल्नुपर्छ
नत्र यिनले तिमीलाई ओछ्यानमा नै जलाउँछ ।।५।।

चाँगुनारायण नपा-२, झौखेल भक्तपुर

वि.सं.२०७७ मंसिर ६ शनिवार ०९:२६ मा प्रकाशित

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ नयनका छटाले हदै गर्न थाले...