back
CTIZAN AD

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

वि.सं.२०८२ पुस ९ बुधवार

525 

shares

तानसेन (पाल्पा) । यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको छ । नगरले यहाँका कृषक र महिलालाई केन्द्रित गरी सीपमूलक तालिममार्फत आयआर्जनमा जोड्दै आत्मनिर्भर बनाउन लागेको हो ।

नगरपालिकाले सीपमूलक व्यवसायिक तालिमअन्तर्गत महिलाका लागि धूप बनाउने तालिम दिएको छ । सिर्जना आमा समूहसँगको समन्वयमा महिलालाई बटारे धूप बनाउने तालिम दिएको हो । महिलाले स्थानीयस्तरमा पाइने सुकेका विभिन्न फूलबाट तयार गर्न सकिने बटारे धूप बनाउन सिकेका छन् ।

तालिममा सहभागी विमला ओस्ती, विद्या अर्याल र शोभा भण्डारीले सीप सिकेसँगै मेहनतका साथ व्यवहारमा लागू गर्ने बताईन् । उनीहरूले समूहमार्फत सिकेको सीपलाई आयआर्जनको स्रोत विकासमा उपयोग गर्ने उल्लेख गरे ।

नगरले कृषकलाई कफीखेतीसम्बन्धी तालिम दिएको छ । कफीखेतीको सम्भाव्यतालाई मध्यनजर गर्दै कृषकलाई उत्प्रेरणात्मक तालिम दिइएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । रामपुरमा कफीखेतीको सम्भाव्यता र महत्व, रोपण र उत्पादनको अवस्था, कफीखेतीको व्यवसायी प्रवद्र्धनका लागि स्थानीय तहले गरेको नीतिगत व्यवस्था र कार्यान्वयनको पक्षलगायत विषयमा जानकारी गराइएको छ ।

कफीखेतीका लागि आवश्यक वातावरण निर्माण, लगाउने तरिका, यसबाट हुने उत्पादन, व्यावसायिक सम्भावना र फाइदा, यसको व्यावसायिक प्रवद्र्धनका लागि स्थानीय तहले खेल्नुपर्ने भूमिकालगायत विषयमा तालिम दिइएको कार्यवाहक नगरप्रमुख बालकुमारी थापाले जानकारी दिए ।

महिलालाई व्यावसायिक बनाई आत्मनिर्भर बनाउन सहयोग पु¥याउने उद्देश्यले उनीहरूका लागि तालिम सञ्चालन गरिएको थापाले बताउनुभयो । महिला चुलोचौकोमा मात्र सीमित हुने र आर्थिक रूपमा अरुसँग निर्भर बन्नुपर्ने अवस्थाको अन्त्य गर्न सीपमूलक तालिममा केन्द्रित गरिएको उनकोे भनाइ छ ।

कार्यवाहक नगरप्रमुख थापाले भने, “हामी नगरवासीलाई सीपसँग जोडेर आत्मनिर्भरतातर्फ लैजाँदै छौँ । हिजोका दिनमा भएका तालिम र आजभोलि हुने तालिमको प्रभावकारिता मूल्याङ्कन गरी व्यावसायिकतामा जोड्ने नगरको योजना र कार्यक्रम छ ।” उनले कफीको माग बढ्दो रहेकाले यसको व्यावसायिक उत्पादन र प्रवद्र्धन गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

माग बढ्दा बजारको समस्या नहुने भन्दै कार्यवाहक नगरप्रमुख थापाले व्यावसायिक कफीखेती गरी मनग्य आम्दानी लिन कृषकलाई आग्रह गरे । उनले कोसेली घरमार्फत रामपुरमा उत्पादन भएको कफीखेतीको बजारीकरण नगरपालिकाले गर्दै आएको जानकारी दिए । थापाले नगरपालिकाभित्रका कृषकले व्यावसायिक कृषि गर्न चाहेमा ब्याज अनुदान दिने उल्लेख गरे ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका प्रमुख चन्द्र पुरीले कफीखेतीको विस्तृत सम्भावना अध्ययन गरेर विकास गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भौगोलिक हिसाबले नेपालको मध्यपहाडी क्षेत्रमा कफीखेतीको सम्भावना रहेको भन्दै अन्यभन्दा कफीखेतीबाट बढी आम्दानी लिन सकिने धारणा राखे ।

विगतमा प्रशोधनका लागि प्रविधि र बजारको समस्या भए पनि अहिले क्याफे र कफी संस्कृति बढ्दो रहेकाले सजिलै बिक्री गर्न सकिने पुरीले बताए । पहाडी क्षेत्रमा बाँदरको समस्या भए पनि बाँदरले नखाने र तुलनात्मक रूपमा अन्यभन्दा कफीखेतीबाट लाभ बढी लिन सकिने उनले उल्लेख गरे ।

बोर्डका कृषि प्राविधिक नगेन्द्र सुवेदीले राम्रो हेरचाह र व्यवस्थापन गरेर कफीखेती गर्नसके रोजगारी सिर्जनासँगै आम्दानीको प्रभावकारी स्रोत बन्ने बताए । यसले रोजगारीका साथै आयआर्जन वृद्धि गर्नुका साथै स्थानीयलाई आत्मनिर्भर बनाउने उनकोे भनाइ छ ।

वि.सं.२०८२ पुस ९ बुधवार १६:३६ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...