back
CTIZAN AD

वलिवुड ड्रग्सको जालोः चर्चित कमेडियन भारती पनि गिरफ्तार

वि.सं.२०७७ मंसिर ७ आइतवार

660 

shares

वलिवुड नायक शुसान्त सिंहको आत्महत्यासँगै खुल्दै गएको वलिवुड ड्रग्सको जालोले भारतीय चर्चित कमेडियन कलाकार भारती सिंहलाई पनि एनसीबीको हिरासतमा पुर्याएको छ ।

भारतीय नारकोटिक्स कन्ट्रोल व्युरो (एनसीबीले भारतीको घरमा गाँजा बरामद गरेपछि उनलाई हिरासतमा लिएको र उनका श्रीमान हर्षलाई पनि सोधपुछ गरिएको भारतीय संचारमाध्यमले लेखेका छन् ।

ड्रग्स वसार पसार गर्नेको बयानबाट जानकारी लिएर प्रहरीले ड्रग्स रहेको आशंकामा भारतीको घरमा छापा मार्ने क्रममा उनको घरबाट ड्रग्स बरामद गरेको थियो ।

एनसीबीका अधिकारीले भारतीलाई गिरफ्तार गरेको र हर्षसँग सोधपुछ गरिरहेको बताएका छन् । एनसीबीले खारखंडा इलाकामा छापामार्दा २१ वर्षीय तस्करलाई पक्राउ गरेको र उनै तस्करको बयानबाट भारतीको घरमा ड्रग्स रहेको जानकारी मिलेको प्रहरीले जनाएको छ ।
भारतीको घरमा छापा मार्ने क्रममा प्रहरीले ८६.५ ग्राम गाँजा बरामद गरेको बताइएको छ ।

सोधपुछका क्रममा भारती र हर्षले आफूहरुले गाँजा सेवन गरेको कुरा स्वीकारेका छन् । उनीहरुलाई आज अदालतमा लैजाने बताइएको छ ।

ड्रग्स मामलामा यसअघि सुशान्तकी प्रेमिका रिया चक्रवर्ती, चर्चित नायिका दीपिका पादुकोण लगायतका कलाकारलाई एनसीबीले पक्राउ गरेर सोधपुछ गरेको थियो ।

वि.सं.२०७७ मंसिर ७ आइतवार ०९:२२ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...