८ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६४ पुगेको बैंकले जनाएको ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा संचालन गर्दै आएको छ।
बैंकका अनुसार ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि सम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।
वि.सं.२०७७ मंसिर ८ सोमवार ११:०५ मा प्रकाशित





























