back
CTIZAN AD

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै सुरु भयो कक्षा १२ को परीक्षा

वि.सं.२०७७ मंसिर ९ मंगलवार

822 

shares

९ मंसिर, काठमाडौैं । आजबाट कक्षा १२ को परीक्षा सुरु भएको छ । गत बैशाखमा हुनुपर्ने परीक्षा विश्वभरी फैलिएको कोरोना महामारीका कारण रोकिएपछि स्वास्थ्य सावधानी अपनाएर आजबाट सुरु गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले लिन लागेको उक्त परीक्षामा देशैभरीबाट ४ लाख ३२ हजार ५ सय विद्यार्थी परीक्षाका लागि भौतिकरुपमा उपस्थित हुनेछन् ।

मंगलबार बिहान ८ बजेदेखि देशैभरी सुरु भएको उक्त परीक्षामा सहभागी विद्यार्थीहरुलाई स्वास्थ्य सुरुक्षाका मापदण्ड अपनाएर परीक्षामा सामेल गराईएको छ ।

परीक्षा कोठामा छिर्नुभन्दा पहिले विद्यार्थीहरुको ज्वरो नाप्नुपर्न, कम्तीमा २ मिटरको भाौतिक दूरी कायम गर्नुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने तथा विद्यार्थी, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउनुपर्ने छ ।

मंसिर १६ गतेसम्म चल्ने उक्त परीक्षामा परिक्षार्थीहरुले आफ्नै विद्यालय वा जसलाई जहाँ पायक पर्छ त्यहिबाट परीक्षा दिन पाउने छन् ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बनेको समितले परीक्षाको सुरक्षाको व्यवस्था मिलाएको छ भने शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले आइतबार बेलुका एक भिडियो सन्देश मार्फत् सबै परीक्षार्थीहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै ढुक्क भएर परीक्षा दिन अनुरोध गरेका थिए ।

वि.सं.२०७७ मंसिर ९ मंगलवार ०९:२३ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...