back
CTIZAN AD

जुम्लाका उपकुलपतिलाई हुलाकबाट रजिष्टर्ड चिठ्ठी

वि.सं.२०७७ मंसिर ९ मंगलवार

594 

shares

९ मङ्सिर, कर्णाली । जुम्लाका क्रियाशील पत्रकारहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेलाई हुलाकबाट रजिष्टर्ड चिठ्ठी पठाएका छन् । चालीस दिनसम्मको प्रतिष्ठान तालाबन्दी, डिन नियुक्ति विवाद र रोकिएको परीक्षाका विषयमा उपकुलपति प्रा डा वाग्लेसँग भौतिक भेटमात्र नभएर फोनबाट सूचना लिन खोज्दासमेत फोन रिसिभ नगरी सूचना पाउने अधिकारबाट वञ्चित गराएको भन्दै पत्रकारहरुले सोमबार सूचना माग्न जिल्ला हुलाक कार्यालय जुम्लाबाट चिठ्ठी पठाएका हुन् ।

गत असोज २६ गते मुनिराज क्षेत्रीलाई प्रतिष्ठानको तेस्रो डिन नियुक्ति गरेको भन्दै त्यसको विरोधमा प्रतिष्ठान कर्मचारी समाजले गरेको तालाबन्दीले उब्जेको समस्याका विषयमा दुई सातादेखि भौतिक भेटका साथै फोन सम्पर्कबाट सूचना लिन खोज्दा उपकुलपति प्रा डा वाग्लेले भेट र फोन रिसिभ दुवै नगरेकाले सूचना पाऊँ भनेर हुलाकबाट चिठ्ठी पठाइएको नेपाल पत्रकार महासङ्घ जुम्लाका उपाध्यक्ष नेत्रबहादुर शाहीले जानकारी दिए।

“प्रतिष्ठानको समस्याका विषयमा उपकुलपति वाग्लेसँग सूचना लिन बारम्बार फोन गर्दा न फोन रिसिभ हुन्छ, न त कलब्याक नै”, उपाध्यक्ष शाहीले भने, “कार्यालय वा निवासमा भौतिक भेट नहोस् भनेर धेरै समय कहिले होटल तथा कहिले व्यक्तिको घरमा बसे।” पत्रकार मात्र नभएर एउटा सामान्य नागरिकले सूचना पाउने अधिकार हुँदा पनि त्यसबाट वञ्चित गरेपछि नेपालको संविधानले प्रदत्त गरेको मौलिक हक र सूचनाको हकसम्बन्धी ऐन, २०६४ प्रयोग गरेर पहिलोपटक हुलाकबाट चिठ्ठी पठाएर सूचना माग गरिएको थियो।

स्थानीय तथा राष्ट्रिय मिडियामा काम गर्ने करिब एक दर्जन क्रियाशील पत्रकारले सामूहिकरूपमा हस्ताक्षर गरी उपलकुलपतिलाई पठाएको चिठ्ठीमा छ प्रश्न गरेर सूचना माग गरिएको छ । चिठ्ठीमा ४० दिनदेखि प्रतिष्ठानको केन्द्रीय तथा शैक्षिक प्रशासनमा तालाबन्दीले भएको गतिरोध अन्त्यका लागि उपकुलपतिले किन यथाशीघ्र निकास नखोजेको ?, सूचनाका लागि पटक–पटक गरिएको फोन काट्ने र भेट नगरेर किन पत्रकारलाई सूचना मग्ने अधिकारबाट वञ्चित गरियो ? भन्ने प्रश्न रहेका छन् ।

असोज २६ गते नियुक्ति गरिएका डिन मुनिराज क्षेत्री नियुक्ति गर्दा कार्यकारी परिषद्को बैठक बसालेर आवश्यकता र औचित्यतासहितको निर्णय अनुमोदन (पारित) गरी विधिसङ्गत सो प्रक्रिया पूरा गरिएको छ वा छैन ?, भएमा कार्यकारी परिषद्को निर्णय उपलब्ध, प्रतिष्ठानको केन्द्रीय कार्यालय नभई सम्पर्क कार्यालयबाट गरिने नियुक्तिहरु कति विधिसँग मानिन्छन् ?, सरकारले प्रतिष्ठानको सम्पर्क कार्यलय खारेज गर्न भनिरहँदा अहिलेसम्म किन राखिएको छ र त्यसको वार्षिक खर्चको यथार्थ विवरण दिनसमेत अनुरोध गरेका छन् ।

त्यस्तै प्रतिष्ठानमा गैरसरकारी निकायले पनि सहयोग गरेको भन्ने सुन्न आएको र कुन निकायले के परियोजनामा सहयोग गरेका छन् र काम गर्ने कर्मचारीको नामावली उपलब्ध गराइदिन भनेर अनुरोध गरिएको छ ।
रासस

वि.सं.२०७७ मंसिर ९ मंगलवार १०:५० मा प्रकाशित

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...