back
CTIZAN AD

विश्वभरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै १४ लाख पुग्यो

वि.सं.२०७७ मंसिर ९ मंगलवार

945 

shares

९ मङ्सिर, पेरिस । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण हालसम्म १३ लाख ९७ हजार ३२२ व्यक्तिको मृत्यु भएको एएपपी समाचार समितिले मङ्गलबार जानकारी दिएको छ ।

गत वर्षको डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ५ करोड ९२ लाख ५६ हजार ३१० व्यक्ति संक्रमित भइसकेका छन् । सोमबार एकै दिनमा कोरोना भाइरसबाट विश्वभरी ७ हजार ८९६ व्यक्तिको मृत्यु भएको छ भने ५ लाख ९३ हजार ९३४ थप व्यक्ति कोरोना संक्रमित भएका छन् ।

संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ सोमबार एकैदिनमा कोरोना भाइरसबाट ८३५ को मृत्यु भएको छ । इटालीमा ६३० जनाको मृत्यु भएको छ र पोल्याण्डमा ५४० जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस सक्रमणको कारण अमेरिका हालसम्म २ लाख ५७ हजार ७०७ जनको मृत्यु भइसकेको छ । अमेरिकामा १ करोड २४ लाख २१ हजार २१६ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।
कोरोना भाइरस संक्रमणको हिसाबबाट अमेरिकापछि ब्राजिल दोस्रो स्थानमा रहेको छ । यहाँ ६० लाख ८७ हजार ६०८ जना कोरोना भाइरस संक्रमित रहेका छन् । ब्राजिलमा एक लाख ६९ हजार ४८५ व्यक्ति कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ ।

भारतमा १ लाख ३४ हजार २१८ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । यहाँ ९१ लाख ७७ हजार ८४० कोरोना भाइरस संक्रिमित भएका छन् । मेक्सिकोमा यस भाइरसका कारण १ लाख १ हजार ९२६ जनाको मृत्यु भएको छ भने १० लाख ४९ हजार ३५८ जना संक्रमित भएका छन् ।

संयुक्त अधिराज्यमा ५५ हजार ३३० जनाको मृत्यु भएको छ भने १५ लाख २७ हजार ४९५ जनाको कोरोना भाइरस संक्रमित भएका छन् । चीनमा कोरोना भाइरसबाट ८६ हजार व्यक्ति संक्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो । एएफपी

वि.सं.२०७७ मंसिर ९ मंगलवार २०:०४ मा प्रकाशित

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...