
१० मंसिर, कलैया । बारा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजकुमार साह सर्वसहमत चयन भएका छन् ।
कलैयामा पत्रकार सम्मेलन गरी निर्वाचन व्यवस्थापक एवं कार्यक्रम अधिकृत अमितकुमार मिश्रले साहलाई अध्यक्ष घोषणा गरिएको जानकारी दिए।
बीसौँ वार्षिक साधारणसभा तथा १३ औँ अधिवेशन आगामी मङ्सिर २७ गते अरु पदको लागि निर्वाचन हुने भए पनि सहमतिको पहल भने जारी रहेको अधिकृत मिश्रले जानकारी दिए। निर्वाचनका लागि सङ्घले तीन सदस्यीय निर्वाचन समितिसमेत गठन गरेको छ ।
समितिको संयोजकमा अधिवक्ता परमहंस केसरी सदस्यमा अधिक्ता नागेन्द्र यादव र प्रभात दाहाल छन् । रासस