१० मंसिर, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ८३५ जनासहित देशैभरी १९४८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६३५, ललितपुरमा ११३ र भक्तपुरमा ८७ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १९, उदयपुरमा ८, ओखलढुंगामा १, खोटाङमा २, झापामा १९३, तेह्रथुममा २, भोजपुरमा ३, धनकुटामा १, पाँचथरमा ७, मोरङमा ७२, संखुवासभामा २८ र सुनसरीमा ५३ गरी प्रदेशमा आज ३८९ जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा ४६, पर्सामा ३, बारामा ३, महोत्तरीमा १३, रौतहटमा ३, सप्तरीमा १०, सर्लाहीमा ८ र सिराहामा २० जना गरी प्रदेशमा आज १०६ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा ६३५, काभ्रेपलान्चोकमा ३१, चितवनमा ८२, दोलखामा ४, धादिङमा ३, नुवाकोटमा ५, भक्तपुरमा ८७, मकवानपुरमा ३७, रसुवामा १, रामेछापमा ३, ललितपुरमा ११३, सिन्धुपाल्चोकमा ८ र सिन्धुलीमा ४ जना गरी प्रदेशमा आज १०१३ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा ९०, गोरखामा १४, तनहुँमा १५, नवलपरासीपूर्वमा १९, पर्वतमा ६, म्याग्दीमा ३, लमजुङमा ८, बागलुङमा १२ र स्याङजामा १३ जना गरी प्रदेशमा आज १८० जना संक्रमित थपिएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ८, गुल्मीमा ३०, दाङमा ५१, नवलपरासीमा १७, पाल्पामा २५, प्युठानमा ८, बर्दियामा ४, बाँकेमा १७ र रुपन्देहीमा ४७ र रोल्पामा ३ जना गरी प्रदेशमा आज जम्मा २१४ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको जुम्लामा २ र सुदूरपश्चिम प्रदेशको अछाममा २, कन्चनपुरमा १, कैलालीमा ३, डडेल्धुरामा ६, दार्चुलामा १३, डोटीमा २, बाजुरामा ४ र बैतडीमा १३ जना गरी प्रदेशमा आज ४४ जना थपिएसँगै देशैभरी १९४८ जना संक्रमति थपिएका हुन् । जसमा महिला ७७४ र पुरुष ११७४ जना रहेका छन् ।
आज थपिएका १९४८ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।
वि.सं.२०७७ मंसिर १० बुधवार १६:४० मा प्रकाशित






























