back
CTIZAN AD

दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण हुँदै

वि.सं.२०७७ मंसिर १० बुधवार

795 

shares

१० मंसिर, कास्की । कास्कीको पोखरा महानगरपालिका–३२, को मजुवा र तनहुँको शुक्लागण्डकी नगरपालिका–२, एक्लेखेतलाई जोड्ने मसिना खोलामाथि झोलुङ्गे पुल निर्माण हुने भएको छ । पूर्वाधार विकास कार्यालय, तनहुँको गण्डकी प्रदेशको आयोजनामा ४४ मिटर लम्बाइ, १.६ मिटर चौडाइ भएको झोलुङ्गे पुल रु १३ लाख १३ हजार ८९८ को लागतमा निर्माण गर्न लागिएको हो । पुल आगामी २०७८ साल असार मसान्तसम्ममा निमार्ण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पुल निर्माणसँगै कास्कीको पोखरा महानगरपालिका–३२ का मजुवा, छुची, तल्लोगगनगौडाका बासिन्दाका साथै र तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नंं १ र २ का एक्लेखेत, तार्कुडाँडा, भङगारा, मकनपुर, भुजीकोट र थप्रेकका बासिन्दा लाभान्वित हुने छन् ।

मसिना खोला (कोत्रेखोला) द्वारको मुखमाथि निर्माणाधीन झोलुङ्गे पुलको आज एक कार्यक्रमका बीच गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले शिलान्यास गरे । सो अवसरमा उनले तनहुको शुक्लागण्डकी र कास्कीको पोखरा महानगरपालिका जोड्ने यस पुलको निर्माण गर्न आफूले विगत १० वर्षयता निरन्तर प्रयास गर्दै आएको बताए । निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक हुने बताउँदै कोइरालाले पुललाई केवल आवतजावत गर्नका लागि मात्र नभई उत्पादित वस्तुको आयातनिर्यातमा उपयोग गर्ने गरी उत्पादनमा लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मसिना खोला झोलुङ्गे पुल निर्माण सहयोग समितिका अध्यक्ष चक्रबहादुर ढकाल, पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानालगायतले निर्माण कार्यलाई गुणस्तरीय बनाउँदै समयमा नै सक्नुपर्नेमा जोड दिए । (रासस)

वि.सं.२०७७ मंसिर १० बुधवार १६:४३ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...