back
CTIZAN AD

आज देशैभरी थपिए १७९० जना कोरोना संक्रमित, उपत्यकामा ९४७ जना

वि.सं.२०७७ मंसिर ९ मंगलवार

822 

shares

९ मंसिर, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ९४७ जनासहित देशैभरी १०९० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६९२, ललितपुरमा १९० र भक्तपुरमा ६५ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ५ , उदयपुरमा ५, ओखलढुंगामा १, खोटाङमा १ , झापामा ३३, तेह्रथुममा ५, भोजपुरमा २, धनकुटामा ५, पाँचथरमा ३, मोरङमा ७५, संखुवासभा २ र सुनसरीमा ११० गरी प्रदेशमा २४९ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा २, पर्सामा ७, बारामा ५, महोत्तरीमा २, रौतहटमा ५, सप्तरीमा १०, सर्लाहीमा १ र सिराहामा ५ जना गरी प्रदेशमा आज ३७ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ६९२, काभ्रेपलान्चोकमा ६१, चितवनमा १७, दोलखामा ५, धादिङमा १५, नुवाकोटमा ८, भक्तपुरमा ६५, मकवानपुरमा २, रसुवामा १, रामेछापमा ७, ललितपुरमा १९०, सिन्धुपाल्चोकमा १३ र सिन्धुलीमा २ जना गरी प्रदेशमा आज १०७८ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ८३, गोरखामा २५, तनहुँमा १३, नवलपरासीपूर्वमा ९, पर्वतमा १, म्याग्दीमा १, लमजुमा ६, बागलुङमा २ र स्याङजामा ८ जना गरी प्रदेशमा आज १४८ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १०, कपिलवस्तुमा ९, गुल्मीमा ३, दाङमा ३६, नवलपरासीमा ९, पाल्पामा ११, प्युठानमा २, बर्दियामा ३३, बाँकेमा ३८, रुपन्देहीमा ३८ जना गरी प्रदेशमा आज जम्मा १८९ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा १, जुम्लामा १, दैलेखमा ३, रुकुममा ३, सल्यानमा २ र हुम्लामा २ गरी प्रदेशमा आज १३ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा १, कन्चनपुरमा ७, कैलालीमा ६१, डडेल्धुरामा ५m दार्चुलामा १ र बझाङमा १ जना गरी प्रदेशमा आज ७६ जना थपिएसँगै देशैभरी १७९० जना संक्रमति थपिएका हुन् । जसमा महिला ७२१ र पुरुष १०६९ जना रहेका छन् ।

आज थपिएका १७९० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका १००७ सहित देशैभरी १९८० जनामा कोरोना संक्रमण

वि.सं.२०७७ मंसिर ९ मंगलवार १६:३२ मा प्रकाशित

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...