back
CTIZAN AD

बर्दिबास तनावग्रस्त, घाइते एक जनालाई थप उपचार गर्न काठमाडौं पठाईयो

वि.सं.२०७७ मंसिर ९ मंगलवार

714 

shares

९ मंसिर, महोत्तरी । महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागी घाईते भएका एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

उनलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो । महोत्तरी प्रहरीले जानकारी दिएअनुसार घाईते अन्य दुई जनाको भने बर्दिबासकै शुभ स्वस्तिक अस्पतालमा उपचार भईरहेको छ ।

बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीकी ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्याको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागि २ जना (बुद्धिराज न्यौपानै र श्याम कार्की) र लाठी प्रहारबाट १ जना (अफताब आलम) घाईते भएका छन् । घाईतेमध्ये न्यौपानेको घाँटीमा गम्भीर चोट लागेको छ ।

उनलाई हेलिकप्टरबाट काठमाडौं मेडिसिटी ल्याएको हो । मृतक बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका अरुणकुमार साहमाथि कारबाहीको माग गर्दै प्रदर्शन भएको हो । पक्राउ परेका साहको घरमा स्थानीय आगो लगाई दिएका छन् ।

वि.सं.२०७७ मंसिर ९ मंगलवार १६:३८ मा प्रकाशित

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...