९ मंसिर, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका पुर्वकप्तान पारस खड्का आईसीसी एशोसिएट प्लेयर अफ द डिकेट को मनोनयनमा परेका छन । अन्तराष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) ले नेपालका पुर्वकप्तान पारस खड्का सहित ६ खेलाडीलाई मनोनयनमा राखेको छ ।
पारस खड्का सहित केल कोएटजर, कालुम म्याकलिओड, रिचि विरिङटोन, असद भाला र पिटर बोरेन रहेका छन ।
दशककैँ उत्कृष्ट खेलाडीको छनोट आईसीसीले भोटिङ आधारमा गर्ने छ । पारख खड्का सहित मनोनयनमा परका अरु खेलाडीहरुलाई डिसेम्बर १८ सम्म भोट गर्न सकिने आईसीसीले जनाएको छ ।
वि.सं.२०७७ मंसिर ९ मंगलवार १६:३९ मा प्रकाशित





























