back
CTIZAN AD

तरकारीबालीमा ढुसी रोग, किसान परे समस्यामा

वि.सं.२०७७ मंसिर ९ मंगलवार

852 

shares

९ मंसिर, कैलाली । जोशीपुर गाउँपालिका–३ का रामजान चौधरीको फल्न थालेको गोलभेंडा खेतीमा ढुसीजनित रोग देखा परेको छ । व्यावसायिकरुपमा तरकारीखेती गरिरहेका चौधरीको पाँच कठ्ठामा लगाइएको गोलभेंडा गलेर झर्न थालेको छ ।

‘‘फलेका गोलभेंडामा ढुसीजनित डढुवा रोग देखा परेको छ । अब प्राविधिकको सल्लाहनुसार औषधि छर्ने भएको छु’’, रामजानले भने,‘‘आलु र काउली पनि तयार भइरहेको छ । गोलभेंडा नष्ट भए पनि अन्य तरकारी जोगाउन विषादी प्रयोग गर्नुपर्ने भएको छ ।’’

कैलालीका किसान वर्षेनी हिउँदे याममा तरकारीबाली ढुसीजनित रोगको प्रकोपले नष्ट हुने समस्या झेल्दै आएका छन् । रोग प्रकोपले लगानी खेर गइरहेको छ । मौसम प्रतिकूल हुँदै चिसो बढ्दै जाँदा तरकारी बालीमा असर देखा पर्दै गएको किसानको गुनासो छ । चिसो बढ्दै जाँदा किसानले लगाएको आलु, गोलभेंडा र खुर्सानी बालीमा असर पर्दै नष्ट हुने भएकाले किसानले पहिले नै सावधानी अपनाउनुपर्ने कृषि प्राविधिकले आग्रह गरेका छन् ।

चिसोसँगै तुषारो पर्ने भएकाले अहिले आलु, गोलभेंडा र खुर्सानी बालीमा ढुसीजनित डढुवा रोग देखा पर्ने भएकाले किसानले बाली जोगाउन खेती लगाएदेखि नै सजग हुनुपर्ने जानकी गाउँपालिकाका कृषि शाखाका प्रमुख लालवीर चौधरीले बताए । ‘‘रोग लागिसकेपछि जोगाउन कठिन हुन्छ । रोग नलाग्दै सामान्य खालको विषादी छर्दा पछि कडा खालको विषादी प्रयोग गर्नु पर्दैन’’, कृषि शाखा प्रमुख चौधरी भन्छन्,‘‘स्वास्थ्यका लागि पनि सामान्य खालको विषादी लाभदायक हुन्छ । बालीनालीमा सकेसम्म कडा विषादी प्रयोग गर्नुहुँदैन ।’’

मौसममा फेरबदल भएकाले किसानको बालीमा ढुसीजनित रोगको प्रकोपको सङ्क्रमणकारुपमा छिट्टै फैलन सक्ने भएकालेसमस्या आउनुपूर्वदेखि सावधानी अपनाई ढुसीजनित रोगविरुद्ध विभिन्न विषादीको प्रयोग गर्नुपर्छ । बालीनालीमा समस्या देखा परे किसानले बाली जोगाउने पद्धतिको अवलम्बन गरी सिँचाइ गर्दा ध्यान दिन सके रोगको प्रकोपबाट जोगाउन सकिने उनी बताउँछन् ।‘‘बालीमा सिँचाइ गर्दा तरकारीको डाँठ र पातमा नपार्ने, जरामा मात्र पार्ने गरी गर्न आवश्यक छ’’, उनी भन्छन्, ‘‘पानीले पनि रोग सङ्क्रमण हुनबाट बचाउँछ ।’’
ढुसीजनित रोग लाग्दा उत्पादन नभई बाली नै सखाप हुने भएकाले रोग लाग्नुभन्दा पहिला र देखा परेपछि रोकथाम तथा नियन्त्रणका लागि कृषि प्राविधिकको सल्लाहमा विभिन्न उपाय र विषादी प्रयोग गर्न उनले सुझाव दिएका छन् ।

अहिले बालीमा ढुसीजनित रोगको प्रकोप तथा डढुवा रोगको प्रकोपको शुरुआती चरण रहेकाले किसानले बाली अनुसारको विषादी छर्न आवश्यक रहेको चौधरीले बताए । मौसम प्रतिकूलता हेरी सावधानी तथा रोग नियन्त्रणका उपाय अपनाउन सके उत्पादन बढ्नाका साथै लागत खेर नजानेतर्फ किसान सचेत हुन आवश्यक रहेको टीकापुर नगरपालिकाका कृषि शाखा प्रमुख तुल्सीराम सुवेदीले बताए । (रासस)

वि.सं.२०७७ मंसिर ९ मंगलवार १६:४७ मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...