back
CTIZAN AD

महिला हिंसा अन्त्य गर्न फेकोफनको आग्रह

वि.सं.२०७७ मंसिर १० बुधवार

2.5K 

shares

१० मंसिर, काठमाडौँ । महिलामाथि हुने सबै किसिमका हिंसाको अन्त्य गर्न सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले आग्रह गरेको छ । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा आज आयोजित कार्यक्रममा फेकोफनका अध्यक्ष भारती पाठकले स्थापनाकालदेखि नै महिला र पुरुषबीचको समानतालाई मुख्य प्राथमिकतामा राखेको बताए ।

“सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता मात्र नभई समूहका महिला पदाधिकारी समेत समय–समयमा हिंसाको सिकार भएका छन्, त्यसका विरुद्धमा महासङ्घले सधैँ आवाज उठाउने गरेको छ”, उनी थप्छन्, “हाम्रा लागि ३६५ दिन नै हिंसाविरुद्धको दिवस हो ।”
महिलामाथि हुने हिंसाका लागि सरकार मात्र नभई समाज र समाजका विभिन्न सामाजिक संस्थासमेत जिम्मेवार हुनुपर्नेमा उनको जोड छ । महिला हिंसा अन्त्यको लागि स्थापनाकालदेखि महासङ्घले विभिन्न दबाबमूलक काम गर्दै आएको उनले स्पष्ट पारे । सो अवसरमा महाङ्घका सचिव ठाकुर भण्डारीले दिवसका उपलक्ष्यमा १६ दिनसम्म महासङ्घका तर्फबाट देशभर विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने जानकारी दिए । यो वर्ष कोभिड–१९ का कारण भौतिक कार्यक्रम सम्भव नभएकाले सामाजिक सञ्जाल र विभिन्न मिडियामार्फत आफ्ना गतिविधिलाई थप प्रभावकारी बनाइने उनले बताए ।

कार्यक्रममा महासङ्घका कार्यकारी निर्देशक डा सीता अर्यालले महासङ्घले गर्ने नियमित गतिविधिमध्ये यो दिवस पनि महत्वपूर्ण रहेको बताए । यस दिवसका उपलक्ष्यमा महासङ्घले लैङ्गिक हिंसाविरुद्धको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरेको छ । साथै वन क्षेत्रको व्यवस्थापनमा ग्रामीण महिलाको योगदानः लैङ्गिक हिंसामुक्त वन क्षेत्र हाम्रो अभियान भन्ने कुरालाई पनि महासङ्घले मुख्य प्राथमिकतामा राखेको छ । आजदेखि शुरु भएको यो दिवस यही मङ्सिर २५ गते समापन हुनेछ ।

वि.सं.२०७७ मंसिर १० बुधवार १६:२९ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...