back

अमेरिकी जलसेनाको जहाज ध्वस्त पारिदिने रुसको धम्की

वि.सं.२०७७ मंसिर १० बुधवार

219 

shares
NTC AD
Global IME AD

काठमाडौं । जापान सागरस्थित रुसी जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी जलसेनाको एउटा विध्वंसक जहाजलाई आफ्नो युद्धपोतले मङ्गलवार लखेटेको दाबी रुसले गरेको छ।

आफ्नो जलक्षेत्रमा छिर्ने ‘यूसएसएस जोन एस मक्केन’ नामक उक्त जहाजलाई ध्वस्त पारिदिने चेतावनी दिइएको उसले जनाएको छ।
उसका अनुसार उक्त जहाज पिटर द ग्रेट गल्फको जलक्षेत्रमा दुई किलोमिटर भित्र आएको थियो।

तर अमेरिकी जलसेनाले रुसी आरोपको खण्डन गर्दै आफ्नो पक्षबाट कुनै गल्ती नभएको बताएको छ। उसका अनुसार अमेरिकी जहाज कहीँबाट पनि “निष्काशित” भएको छैन।

जापान सागरको सीमामा जापान, रुस र दुई कोरिया छन्।

कस्तो चेतावनी ?

रुसको रक्षा मन्त्रालयका अनुसार उसको प्रशान्त क्षेत्रमा खटिएको विध्वंशक जहाज एड्मिरल भिनोग्रादोभले अमेरिकी जहाजलाई चेतावनी दिएको थियो। चेतावनीमा “घुसपैठ गर्ने जहाजलाई बाहिर निकाल्न शक्तिको प्रयोग गर्न सकिने” भनेको बताइएको छ।

तर रुसको भनाइ मिथ्या भएको अमेरिकी जनसेनाको सेभन्थ फ्लीटका प्रवक्ताले बताए। “समुद्री सीमाबारे गरिएको अवैध दाबीलाई अमेरिकाले कहिल्यै स्वीकार गर्दैन,” उनले भने।

समुद्रमा यस्तो घटना हतपत हुँदैन। यद्यपि गत वर्ष पूर्वी चीन सागरमा एड्मिरल भिनोग्रादोभ एउटा अमेरिकी क्रूजरसँग झन्डै ठोकिएको थियो। त्यस घटनाका लागि रुस र अमेरिका दुवैले एकअर्कालाई दोषारोपण गरेका थिए।

कस्तो छ सम्बन्ध ?

दुवै पक्षले समुद्र र रआकाशमा हुने सैन्य गतिविधिबारे आपत्ति प्रकट गर्ने गरेका छन्। रुस र अमेरिकाबीच अहिले सुमधर सम्बन्ध छैन।भ्लादिमिर पुटिनले अझै पनि जो बाइडनलाई अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका छैनन्।

आगामी फेब्रुअरी महिनामा म्याद सकिन लागेको परमाणुअस्त्रसम्बन्धी एउटा सहमतिबारे दुई देशले नयाँ निर्णय गर्न अझ बाँकी नै छ।सन् २०१० मा “न्यू स्टार्ट ट्री”मा हस्ताक्षर गर्दा दुवै देश लामो दूरीसम्म प्रहार गर्न सकिने परमाणुअस्त्रको सङ्ख्या घटाउन सहमत भएका थिए। बीबीसीबाट

वि.सं.२०७७ मंसिर १० बुधवार १६:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

टोकियो । जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’...

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

  वासिङ्टन । अमेरिकाको मेरिल्याण्ड सहरको बाल्टिमोरमा जहाजको ठक्करपछि पुल...

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

बेइजिङ । चीनका प्रधानमन्त्री ली छ्याङले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) सँग...

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

सियोल । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम...

बन्दुकधारीबाट अपहरणमा परेका २५० बढी विद्यार्थी रिहा

बन्दुकधारीबाट अपहरणमा परेका २५० बढी विद्यार्थी रिहा

अबुजा (नाइजेरिया) । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा यसै महिनाको शुरुमा बन्दुकधारीले...