back
CTIZAN AD

अमेरिकी जलसेनाको जहाज ध्वस्त पारिदिने रुसको धम्की

वि.सं.२०७७ मंसिर १० बुधवार

804 

shares

काठमाडौं । जापान सागरस्थित रुसी जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी जलसेनाको एउटा विध्वंसक जहाजलाई आफ्नो युद्धपोतले मङ्गलवार लखेटेको दाबी रुसले गरेको छ।

आफ्नो जलक्षेत्रमा छिर्ने ‘यूसएसएस जोन एस मक्केन’ नामक उक्त जहाजलाई ध्वस्त पारिदिने चेतावनी दिइएको उसले जनाएको छ।
उसका अनुसार उक्त जहाज पिटर द ग्रेट गल्फको जलक्षेत्रमा दुई किलोमिटर भित्र आएको थियो।

तर अमेरिकी जलसेनाले रुसी आरोपको खण्डन गर्दै आफ्नो पक्षबाट कुनै गल्ती नभएको बताएको छ। उसका अनुसार अमेरिकी जहाज कहीँबाट पनि “निष्काशित” भएको छैन।

जापान सागरको सीमामा जापान, रुस र दुई कोरिया छन्।

कस्तो चेतावनी ?

रुसको रक्षा मन्त्रालयका अनुसार उसको प्रशान्त क्षेत्रमा खटिएको विध्वंशक जहाज एड्मिरल भिनोग्रादोभले अमेरिकी जहाजलाई चेतावनी दिएको थियो। चेतावनीमा “घुसपैठ गर्ने जहाजलाई बाहिर निकाल्न शक्तिको प्रयोग गर्न सकिने” भनेको बताइएको छ।

तर रुसको भनाइ मिथ्या भएको अमेरिकी जनसेनाको सेभन्थ फ्लीटका प्रवक्ताले बताए। “समुद्री सीमाबारे गरिएको अवैध दाबीलाई अमेरिकाले कहिल्यै स्वीकार गर्दैन,” उनले भने।

समुद्रमा यस्तो घटना हतपत हुँदैन। यद्यपि गत वर्ष पूर्वी चीन सागरमा एड्मिरल भिनोग्रादोभ एउटा अमेरिकी क्रूजरसँग झन्डै ठोकिएको थियो। त्यस घटनाका लागि रुस र अमेरिका दुवैले एकअर्कालाई दोषारोपण गरेका थिए।

कस्तो छ सम्बन्ध ?

दुवै पक्षले समुद्र र रआकाशमा हुने सैन्य गतिविधिबारे आपत्ति प्रकट गर्ने गरेका छन्। रुस र अमेरिकाबीच अहिले सुमधर सम्बन्ध छैन।भ्लादिमिर पुटिनले अझै पनि जो बाइडनलाई अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका छैनन्।

आगामी फेब्रुअरी महिनामा म्याद सकिन लागेको परमाणुअस्त्रसम्बन्धी एउटा सहमतिबारे दुई देशले नयाँ निर्णय गर्न अझ बाँकी नै छ।सन् २०१० मा “न्यू स्टार्ट ट्री”मा हस्ताक्षर गर्दा दुवै देश लामो दूरीसम्म प्रहार गर्न सकिने परमाणुअस्त्रको सङ्ख्या घटाउन सहमत भएका थिए। बीबीसीबाट

वि.सं.२०७७ मंसिर १० बुधवार १६:२५ मा प्रकाशित

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...