
१० मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगद्धारा बर्दिवासमा भएको बालिका हत्या र त्यसपछि उत्पन्न अवस्था उपर अनुसन्धान सुरु भएकोे छ ।
बर्दिबास नगरपालिका-१४ सुगम बस्ती बस्ने सादिम अलामकी ६ वर्षीया छोरी गुलाब साह खातुनको गौशाला नगरपालिका-५ जिरो माईल घर भएका २६ वर्षीय अरुण कुमार साह (हत्याको आरोपित) लाई कानूनी कारबाहीको माग गर्दै आफन्त तथा स्थानीयहरूले गरेको आगजनी तथा प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको थियो ।
देशव्यापि रुपमा चासोको विषय बनेको उक्त घटनामा मानव अधिकार आयोगले पनि चासो दिएर अनुसन्धान अघि बडाएको छ । हाल उक्त घटनालाई लिएर आयोगको प्रदेश नं. २ कार्यालयले स्थलगत अनुगमन थालेको छ । आफन्त तथा स्थानीयको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागि मंगलबार बर्दिवास नगरपालिकाका सञ्जय नाम गरेका बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो ।
नेपालमा महिला तथा बालबालिकामाथि हुने हिंसात्मक घटना बढिरहेको भन्दै आयोगले नागरिकको बाँच्न पाउने अधिकारको रक्षा गर्न सुरक्षा निकाय तथा नागरिक सतर्कता र सचेतनामा जोड दिदै आयोगले अनुसन्धान थालेको हो ।
आयोगले हिंसात्मक घटनामा संलग्नलाई कानून बमोजिम कारवाही गर्न र घटनाको निष्पक्ष छानविन गरि दोसिलाई कारवाहि गर्नपनि माग गरेको छ ।