back
CTIZAN AD

बर्दिबास बालिका हत्या प्रकरणमा मानव अधिकार आयोगको चासो

वि.सं.२०७७ मंसिर १० बुधवार

660 

shares

१० मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगद्धारा बर्दिवासमा भएको बालिका हत्या र त्यसपछि उत्पन्न अवस्था उपर अनुसन्धान सुरु भएकोे छ ।

बर्दिबास नगरपालिका-१४ सुगम बस्ती बस्ने सादिम अलामकी ६ वर्षीया छोरी गुलाब साह खातुनको गौशाला नगरपालिका-५ जिरो माईल घर भएका २६ वर्षीय अरुण कुमार साह (हत्याको आरोपित) लाई कानूनी कारबाहीको माग गर्दै आफन्त तथा स्थानीयहरूले गरेको आगजनी तथा प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको थियो ।

देशव्यापि रुपमा चासोको विषय बनेको उक्त घटनामा मानव अधिकार आयोगले पनि चासो दिएर अनुसन्धान अघि बडाएको छ । हाल उक्त घटनालाई लिएर आयोगको प्रदेश नं. २ कार्यालयले स्थलगत अनुगमन थालेको छ । आफन्त तथा स्थानीयको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागि मंगलबार बर्दिवास नगरपालिकाका सञ्जय नाम गरेका बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो ।

नेपालमा महिला तथा बालबालिकामाथि हुने हिंसात्मक घटना बढिरहेको भन्दै आयोगले नागरिकको बाँच्न पाउने अधिकारको रक्षा गर्न सुरक्षा निकाय तथा नागरिक सतर्कता र सचेतनामा जोड दिदै आयोगले अनुसन्धान थालेको हो ।

आयोगले हिंसात्मक घटनामा संलग्नलाई कानून बमोजिम कारवाही गर्न र घटनाको निष्पक्ष छानविन गरि दोसिलाई कारवाहि गर्नपनि माग गरेको छ ।

वि.सं.२०७७ मंसिर १० बुधवार १६:२१ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...