
१० मंसिर, काठमाडौं । हाल देशैभरी पश्चिमी वायुको प्रभाव रहेको छ ।
पश्चिमी वायुको प्रभावका कारण आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली रहनेछ ।
त्यस्तै बाग्मती,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपात हुनुका साथै सुदुरपश्चिम र कर्णाली प्रदेशको एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।