back
CTIZAN AD

आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगित गर्ने मन्त्रिपरिषद्को निर्णय

वि.सं.२०७७ मंसिर १० बुधवार

1.5K 

shares

१० मंसिर, काठमाडौं । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर २७ गते हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको हो ।

“निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन भएको छ”, बैठकपछिसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले भने,“कोभिडका कारण अर्को मिति नतोकिएसम्मका लागि निर्वाचन स्थगन भएको हो ।”

त्यसअघि सरकारले गत असोज २४ गते हुने तय गरे तापनि कोभिड सङ्क्रमणको जोखिमका कारण मङ्सिरलाई सारिएको थियो । ट्रेड युनियनको निर्वाचन त्यसअघि गत जेठ १९ गते हुनुपर्ने थियो । कोरोना भाइरसको जोखिमका कारण निर्वाचन स्थगन हुँदै आएको छ ।

 

वि.सं.२०७७ मंसिर १० बुधवार २०:०६ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...