back
CTIZAN AD

च्याम्पियन्स लिग: ६ टिम अन्तिम १६ मा, महत्वपूर्ण खेलमा रियल विजयी

वि.सं.२०७७ मंसिर ११ बिहीवार

633 

shares

११ मंसिर, काठमाडौं । म्याच डे चार अन्तरगत समुह ए, बि, सि र डी को गएराति सम्पन्न खेलबाट बायर्न म्युनिख र म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेका छन् । योसँगै च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्ने टिमको संख्या ६ पुगेको छ ।

जर्मन क्लब बायर्न र इंग्लिस क्लब सिटीले समूह चरणका चार वटानै खेलमा जित हात पारेर दुई खेल अगावै अन्तिम १६ मा स्थान पक्का पारेका हुन् ।

गएराति सम्पन्न समूह ए को खेलमा खेलको ६६ औँ मिनेटमा १० खेलाडीमा सिमित बायर्नले साल्जवर्गलाई ३-१ ले पराजित गरेको हो । बायर्नका लागि रोवर्टो लेवान्डवस्कीले खेलको ४३औं मिनेटमा, ५२औं मिनेटमा किंग्सले कोमन र ६८औं मिनेटमा लरे सानेले गोल गरे साल्जवर्गका लागि भने ७३औं मिनेटमा मेर्गिम बेरिशाले गेल गरेपनि बायर्नले ३-१ ले खेल आफ्नो पक्षमा पा¥यो । समुह ए मा ४ खेलबाट १२ अंकका साथ बार्यन शीर्ष स्थानमा र समान खेलबाट ५ अंक जोडेको एट्लेटिको म्याड्रिड दोस्रो स्थानमा छ ।

यस्तै समुह चरणका चार वटानै खेलमा जित हात पारेको म्यानचेष्टर सिटी समूह सी मा १२ अंकका साथ पहिलो स्थानमा रहेको छ ।सिटीले समुह चरणको बाँकि २ खेल अगाबै दोस्रो चरणमा प्रवेश पाएको छ । सिटीले ग्रीक क्लब ओलम्पियाकोसलाई १-० ले हराउदै अन्तिम १६ मा स्थान बनाएको हो । सिटीको जितमा फिल फोडेनले ३६औं मिनेटमा गोल गरेका थियो ।

 महत्वपूर्ण खेलमा रियल मड्रिड विजयी

दुबै टिम जित्नै पर्ने दबावमा रेहेको खेलमा रियल मड्रिडले इटालियन क्लब इन्टर मिलानलाई पराजित गरेको छ । आफ्ना महत्वपूर्ण खेलाडि चोटका कारण गुमाएको रियल मड्रिडले इटालियन क्लब इन्टर मिलानलाई २-० ले पराजित गरेको हो।

समूह बी अन्तरगत भएको खेलमा खेलको सातौ मिनेटमै एडेन हाजार्डले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ५९औं मिनेटमा रियलकै पूर्व खेलाडी अच्रफ हाकिमीले आत्मघाती गोल गर्दा रियलले २-० गोल अन्तरमा इन्टरलाई पराजित गरेको हो ।

खेलको ३३औं मिनेटमा अर्टुरो भिदालले रातो कार्ड पाएपछि दबाबमा रहेको इन्टर स्पेनिस च्पाम्पियनको सामु निरिह बन्न पुग्यो । जितसँगै रियलको दोस्रो चरण प्रवेशको सम्भावन बलियो बनेको छभने इन्टर भने झिनो आशाका साथ समुहको अन्तिममा रहेको छ ।

वि.सं.२०७७ मंसिर ११ बिहीवार ११:२३ मा प्रकाशित

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता...

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...