back
CTIZAN AD

नेपाली भाषामै बोल्दै भारतीय विदेश सचिव श्रृंगलाले भने – मित्रतालाई बढाउने विषयमा छलफल गर्छु

वि.सं.२०७७ मंसिर ११ बिहीवार

783 

shares

काठमाडौं । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आईपुगेका छन् । चार्टड विमानमार्फत आएका उनी बिहिबार बिहान ११ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए ।

काठमाडौं आईपुगेका हर्षवद्र्धनले आफ्नो भ्रमण दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउने कुरामा केन्द्रीत हुने बताए । त्रिभुवन विमानस्थलमा पत्रकारसँग नेपाली भाषामै कुराकानी गर्दै उनले सम्बन्धलाई कसरी अगाडि बढाउने विषयमा केन्द्रीत हुने बताए ।

‘नेपालमा आएर अत्यन्तै खुसी लागेको छ, रमाइलो लाग्यो, पहिला पनि म काठमाडौं आएको छु तर, फरेन सेक्रेटरीका रुपमा यो भिजिट प्रथम हो’, पत्रकारसँगको कुराकानीमा उनले भने, ‘नेपाल हाम्रो निकै निकटम मित्र हो, आज मेरो निकै मिटिङ्ग हुन्छ, यो निकट सम्बन्धलाई कसरी अगाडि बढाउने भन्नेमा कुरा गरौंला ।’


उनले नेपालको परराष्ट्र मन्त्रालयका सचिव र मन्त्री प्रदीप ज्ञवालीसँग बिहीवार छलफल हुने जानकारी दिएका छन् । शुक्रवार शृंगलाले गोरखा र मनाङमा भारतीय सहयोगमा बनेका विद्यालय र गुम्बाको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

हर्षवद्र्धन जनाएअनुसार भ्रमणका क्रममा उनी गोरखा पनि जानेछन् । उनका अनुसार गोरखामा भारत सरकारको सहयोगमा ४० हजार घर निर्माण भईसकेको छ । अन्य संरचनाहरु पनि बनिरहेका छन् । हर्षवद्र्धन त्यहि संरचना हेर्न जान लागेका हुन् ।

वि.सं.२०७७ मंसिर ११ बिहीवार १२:२७ मा प्रकाशित

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...