११ मंसिर, काठमाडौं । कुमारी सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले १७ औं वार्षिक साधारण सभा डाकेको छ ।
संस्थाको मंसिर ४ गते बिहिवारका दिन बसेको संचालक समितिको बैठकले गरेको निर्णयबमोजिम उक्त सभा पौष ४ गते शनिबार, नमुना मित्र क्याफे, ब्याङक्वेट मित्रपार्क चाबहिल, काठमाडौंमा बिहान ११ बजेबाट वार्षिक साधारणसभा सुरु हुनेछ ।
उक्त्त संस्थाको सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरिनुका साथै सोहि अवधिको लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरिनेछ ।त्यसैगरी आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको निर्णयले भए गरेका सम्पूर्ण कार्यहरुको अनुमोदन पनि गरिने छ ।
यसैगरि २०७७/७८ को नीति, कार्यक्रम, बजेटमाथि छलफल गरी पारिश्रमिक तथा संचालक समितिको सुविधा पनि तोकिने संस्थाले जनाएको छ ।
वि.सं.२०७७ मंसिर ११ बिहीवार १५:३० मा प्रकाशित






























