
काठमाडौं । कक्षा १२ को भौतिक विज्ञान विषयको परीक्षा रद्दको सूचना गलत भएको कुरा राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट पारेको छ । बोर्डले एक सूचना सार्वजनिक गर्दै भौतिक विज्ञान विषयको मंसिर ११ (बिहिबार) सञ्चालित परीक्षा रद्द नभएको जनाएको हो ।
केहि सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा परीक्षा रद्द भएको सूचनासहित समाचारहरु प्रकाशित भएका थिए । भ्रमपूर्णं समाचारहरु प्रकाशित भएसँगै बोर्डले सूचना जारी गर्दै स्पष्ट पारेको हो ।
यस्तो छ बोर्डको सूचना
सम्पादकीय : यसअघि अन्यथा पर्न गएको विषय सच्चाइएको छ । विविध कारणले गलत सूचना सार्वजनिक भएकोप्रति हामी हाम्रा पाठक, सम्बन्धित तथा सरोकारवाला सम्पूर्णं निकायप्रति क्षमा माग्दछौं । समाचार सच्याउन जानकारी गराउने सबैप्रति कृतज्ञ छौं । धन्यवाद