back

नागरिक अगुवा भन्छन् – प्रधानमन्त्रीले नैतिकताका आधारमा उचित निकास दिनुपर्छ

वि.सं.२०७७ मंसिर १२ शुक्रवार

120 

shares
NTC AD
Global IME AD

काठमाडौं । नागरिक अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको नैतिकतामाथि गम्भीर प्रश्न उठेको ठहर गरेका छन् । शुक्रबार संयुक्त विज्ञप्ती सार्वजनिक गर्दै ८ नागरिक अगुवाले ट्रान्सपरेन्सी इन्टरनेसनलको हालै सार्वजनिक प्रतिवेदनले प्रधानमन्त्रीको नैतिकतामाथि गम्भीर प्रश्न उठेको बताएका हुन् । अगुवाहरुका अनुसार नैतिकतामाथि उठेको गम्भीर प्रश्नका आधारमा प्रधानमन्त्रीले तत्कालै निकास दिनुपर्छ ।

अगुवाहरुका अनुसार प्रधानमन्त्री ओलीले निकास नदिए देश निकै जटिल अवस्थातर्फ जानसक्छ । नागरिक अगुवाहरुले निकास खोज्न नागरिक समाज, बुद्धिजीवी तथा आम नागरिकमा अपिल पनि गरेका छन् ।

‘प्रधानमन्त्रीले आफ्नो संवैधानिक उत्तरदायित्वका सम्बन्धमा गहिरिएको विश्वासको संकटलाई मध्यनजर गरी नैतिकताका आधारमा समय मै उचित निकास दिनु उपयुक्त हुने हाम्रो ठहर छ, अन्यथा, विद्यमान विषम परिस्थिति अझ जटिलतातर्फ उन्मुख भै त्यसको शिकार समग्र नेपाल राष्ट्र र नेपाली जनता हुने देखिन्छ’, विज्ञप्तीमा भनिएको छ ‘हाल विद्यमान विषम परिस्थितिका सम्बन्धमा सबै क्षेत्रका नागरिक समाज, बुद्धिजीवी तथा आम जनताले समेत व्यापक रूपमा विचार विमर्श गरी संवैधानिक मूल्य मान्यता बमोजिमको निकासका लागि आआफ्नो क्षेत्रबाट पहल गर्न समेत हामी अपील गर्दछौं।’

सरकारी जग्गा लिज सम्बन्धी यती होल्डिंग्स प्रकरण, औषधि खरीद सम्बन्धी ओम्नी प्रकरण, वाइडबडी विमान खरीद प्रकरण, सेक्यूरिटी प्रिन्टिङ् प्रेस खरीद प्रकरणलगायत भ्रष्टाचार सम्बन्धी विभिन्न प्रकरणका आरोपित व्यक्तिको सार्वजनिक रूपमा प्रधानमन्त्रीले प्रतिरक्षा गर्दै आएको उनीहरूले बताएका छन्।

‘वर्तमान सरकारबाट लोकतान्त्रिक व्यवस्थामा शासकको जवाफदेहिता खोज्ने नागरिक समुदायप्रति नै असहिष्णुता देखाउने क्रम रोकिएको छैन, संविधानवाद, विधिको शासन, नागरिक स्वतन्त्रता, सुशासन, जवाफदेहिता र पारदर्शितालाई निस्तेज गरिँदै गएको छ’, अपीलको चौंथो बुँदामा भनिएको छ, ‘प्रधानमन्त्रीज्यूले नै संवैधानिक नैतिकतामा द्रुत गतिमा ह्रास आउने कार्य गरिरहेको अवस्था चिन्ताजनक छ, जसको फलस्वरूप दुर्भाग्यवशः आज नेपाल राष्ट्र नै एशियाको सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रूपमा समेत स्थापित हुन पुगेको छ, यसले हामी सबै नागरिकलाई लज्जित बनाएको छ।’

वरिष्ठ अधिवक्ताहरू श्रीहरि अर्याल, दिनेश त्रिपाठी, नारायण प्रसाद घिमिरे, नागरिक अभियन्ता रमेशप्रसाद खरेल, अधिवक्ताहरू इन्दु तुलाधर, ओमप्रकाश अर्याल, इन्द्रप्रसाद अर्याल र एम्नेष्टी इन्टरनेसनल नेपालका पूर्वसभापति राजन कुइकेलले जारी गरेको अपीलमा प्रधानमन्त्रीले आफ्नो संवैधानिक उत्तरदायित्वका सम्बन्धमा गहिरिएको विश्वासको संकटलाई मध्यनजर गरी नैतिकताका आधारमा समयमै उचित निकास दिनु उपयुक्त हुने उल्लेख छ।

यस्तो छ अपीलको पूर्णपाठः

नागरिक अपील

हामी तपसिलका नागरिकहरू नेपालमा भ्रष्टाचार बढेको भनी ट्रान्सपरेन्सी इन्टरनेसनलको हालै प्रकाशित विश्वव्यापी प्रतिवेदन समेतलाई मध्यनजर गरी निम्न बमोजिम अपील गर्दछौं। 

१. ट्रान्सपरेन्सी इन्टरनेसनलको हालै प्रकाशित विश्वव्यापी प्रतिवेदनले पछिल्लो १२ महीनामा नेपालमा भ्रष्टाचार व्यापक मात्रामा बढेको उल्लेख गरेको छ। एशियाली मुलुकमध्ये नेपालमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको ठहर गरिएको छ। नेपालका ५० प्रतिशत जनताले राष्ट्रपति र प्रधानमन्त्री नै भ्रष्टाचारमा संलग्न हुने गरेको विश्वास गरेको कुरा प्रतिवेदनमा उल्लेख छ। उक्त प्रतिवेदनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नै किटेर उनले ठूला भ्रष्टाचारका विवादमा मुछिएका आफ्ना सहकर्मीको सार्वजनिक प्रतिरक्षा गर्ने गरेको र भ्रष्टाचारको अनुसन्धान गर्ने निकायमा अनुचित प्रभाव पारी त्यस्ता घटनाको अनुसन्धान गर्न नदिएको ठहर गरेको छ।

२. प्रधानमन्त्री ओलीले सरकारी जग्गा लिज सम्बन्धी यती होल्डिङ्ग प्रकरण, औषधि खरीद सम्बन्धी ओम्नी प्रकरण, वाइडबडी विमान खरीद प्रकरण, सेक्यूरिटी प्रिन्टिङ् प्रेस खरी प्रकरण लगायत भ्रष्टाचार सम्बन्धी विभिन्न प्रकरणका आरोपित व्यक्तिको सार्वजनिक रूपमा प्रतिरक्षा गर्दै आउनु भएको सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेसनल जस्तो गरिमामय विश्वव्यापी संस्थाले आफ्नो प्रतिवेदनमा प्रधानमन्त्री ज्यूको निष्ठामाथि गम्भीर प्रश्न उठाएको छ।

३. मुलुकलाई भ्रष्टाचारमुक्त बनाई सुशासनको प्रत्याभूति दिने संवैधानिक कर्तव्य भएको प्रधानमन्त्री पदमा आसिन व्यक्तिको संरक्षणमा नै नेपालमा भ्रष्टाचार बढ्दै गएको विश्वव्यापी सन्देश गएको अवस्था छ। नेपालमा भ्रष्टाचार बढिरहेको विषयमा संवैधानिक लोकतन्त्रको मान्यता बमोजिम नेपाली जनता, आमसञ्चार जगत् र नागरिक समाजले लामो समयदेखि प्रधानमन्त्री ज्यूको जवाफदेहिता खोज्दै आएका थिए। तर, प्रधानमन्त्री तथा उहाँ निकट समूहले भ्रष्टाचार निवारणका लागि शासकीय सुधारका कदम चाल्नुको साटो त्यसलाई नै आफ्नो सत्ता टिकाउने आधार बनाउन खोजेको देखिँदै आएको छ। कोरोना महामारीको अन्यन्तै विषम परिस्थितिमा समेत भ्रष्टाचारका काण्ड थपिँदै गएका छन्।

४. वर्तमान सरकारबाट लोकतान्त्रिक व्यवस्थामा शासकको जवाफदेहिता खोज्ने नागरिक समुदायप्रति नै असहिष्णुता देखाउने क्रम रोकिएको छैन। संविधानवाद, विधिको शासन, नागरिक स्वतन्त्रता, सुशासन, जवाफदेहिता र पारदर्शितालाई निस्तेज गरिदै गएको छ। प्रधानमन्त्री ज्यूले नै संवैधानिक नैतिकतामा द्रुत गतिमा ह्रास आउने कार्य गरिरहेको अवस्था चिन्ताजनक छ। जसको फलस्वरूप दुर्भाग्यवशः आज नेपाल राष्ट्र नै एशियाको सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रूपमा समेत स्थापित हुन पुगेको छ। यसले हामी सबै नागरिकलाई लज्जित बनाएको छ।

५. मुलुकमा सुशासन कायम गर्न नेतृत्वदायी भूमिका खेल्नु पर्ने संवैधानिक कर्तव्य भएका प्रधानमन्त्री नै भ्रष्टाचारको प्रमुख कारण रहेको कुरा स्थापित गरी प्रतिवेदन सार्वजनिक भएको सन्दर्भमा उहाँप्रतिको विश्वासको संकट गहिरिएको छ। संवैधानिक लोकतन्त्र भएको मुलुकमा सरकार प्रमुखप्रति जनताको विश्वासको संकट गहिरिएको अवस्थालाई नागरिक समाजले वेवास्ता गरी अन्य विषयमा मात्र केन्द्रित हुन उचित हुँदैन, न त नागरिक समाजले कसैको सत्ता टिकाउनका लागि सरकारले गरेका संवैधानिक मूल्य मान्यता विपरीतका कार्यलाई वैधता दिने गरी कुनै कार्य गर्न मिल्छ। राजनैतिक वैधता संकटमा परी सकेपछि संवैधानिक (कानूनी) वैधताले मात्र सत्ता टिकाउन सक्दैन भन्ने कुरा ख्याल गरिनु पर्दछ। विद्यमान यस्तो असामान्जस्यपूर्ण परिस्थितिले गर्दा वर्तमान संवैधानिक प्रणाली मै वैधताको संकट आइरहेका प्रमाणहरू दिनानुदिन थपिँदै गएका छन्।

६. तसर्थ, प्रधानमन्त्रीले आफ्नो संवैधानिक उत्तरदायित्वका सम्बन्धमा गहिरिएको विश्वासको संकटलाई मध्यनजर गरी नैतिकताका आधारमा समय मै उचित निकास दिनु उपयुक्त हुने हाम्रो ठहर छ। अन्यथा, विद्यमान विषम परिस्थिति अझ जटिलतातर्फ उन्मुख भै त्यसको शिकार समग्र नेपाल राष्ट्र र नेपाली जनता हुने देखिन्छ। साथै, हाल विद्यमान विषम परिस्थितिका सम्बन्धमा सबै क्षेत्रका नागरिक समाज, बुद्धिजीवी तथा आम जनताले समेत व्यापक रूपमा विचार विमर्श गरी संवैधानिक मूल्य मान्यता बमोजिमको निकासका लागि आआफ्नो क्षेत्रबाट पहल गर्न समेत हामी अपील गर्दछौं।

अपीलकर्ताहरू:

१. वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, पूर्वअध्यक्ष, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल

२. वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, मानव अधिकारकर्मी एवं नागरिक अभियन्ता

३. वरिष्ठ अधिवक्ता डा. नारायण प्रसाद घिमिरे, नागरिक अभियन्ता

४. रमेश प्रसाद खरेल, पूर्वप्रहरी तथा नागरिक अभियन्ता

५. अधिवक्ता इन्दु तुलाधर, महिला अधिकारकर्मी एवं नागरिक अभियन्ता

६. अधिवक्ता ओमप्रकाश अर्याल, मानव अधिकारकर्मी एवं नागरिक अभियन्ता

७. अधिवक्ता इन्द्रप्रसाद अर्याल, पूर्वअध्यक्ष, नेपाल मानव अधिकार संगठन

८. राजन कुइकेल, पूर्वसभापति, एम्नेष्टी इन्टरनेसनल नेपाल

अपीलकर्ताको तर्फबाट हस्ताक्षरकर्ताः ओमप्रकाश अर्याल

१२ मंसीर २०७७ काठमाडौं।

वि.सं.२०७७ मंसिर १२ शुक्रवार १९:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

रामपुर (पाल्पा) । प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक...

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

दी हेग (नेदरल्यान्ड) । नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले...

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी...

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...