back
CTIZAN AD

लगानी सुरक्षित गर्न तीनवर्षीय योजना

वि.सं.२०७३ पुस २८ बिहीवार

918 

shares

२८ पुस, भक्तपुर  । उद्योगमन्त्री नवीन्द्रराज जोशीले देशमा उद्योग व्यवसाय विकासका लागि सरकारले तीनवर्षीय रणनीतिक कार्ययोजना ल्याउन लागेको बताउनुभएको छ ।

स्थानीय बोडेमा नेपाल अर्बुद रोग निवारण संस्थाको दुईदिने २६औँ केन्द्रीयसभाको आज उद्घाटन कार्यक्रममा उहाँले नेपालमा औद्योगिक क्षेत्रमा लगानी गर्न लगानीकर्ता डराइरहेका अवस्थामा आउने कार्ययोजनाले लगानी सुरक्षित गर्ने र यसको प्रत्याभूति दिने बताउनुभयो । मन्त्री जोशीले भन्नुभयो, “सरकारले लगानीमैत्री कार्ययोजना ल्याउँदैछ, नेपालमा अब लगानी गर्न डराउनुपर्ने अवस्थाको अन्त्य हुन्छ, व्यवसायीले ढुक्क भएर लगानी गर्न सक्छन् ।”
कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक टेकबहादुर बस्नेत, प्रजिअ द्रोण पोखरेल र संस्थाका केन्द्रीय सल्लाहकार कर्ण शाक्यले विश्वमै विकराल बन्दै गएको अर्बुद रोगको रोकथामका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ, उपाध्यक्ष महेश श्रेष्ठ, महासचिव विमलकुमार होडा, निवर्तमान अध्यक्ष दिवाकर राजकर्णिकारलगायतले संस्थाका गतिविधि र अर्बुद रोग नियन्त्रणका लागि भएको प्रयासबारे जानकारी दिनुभएको थियो ।

वि.सं.२०७३ पुस २८ बिहीवार १५:५४ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...