back

लगानी सुरक्षित गर्न तीनवर्षीय योजना

वि.सं.२०७३ पुस २८ बिहीवार

711 

shares

२८ पुस, भक्तपुर  । उद्योगमन्त्री नवीन्द्रराज जोशीले देशमा उद्योग व्यवसाय विकासका लागि सरकारले तीनवर्षीय रणनीतिक कार्ययोजना ल्याउन लागेको बताउनुभएको छ ।

स्थानीय बोडेमा नेपाल अर्बुद रोग निवारण संस्थाको दुईदिने २६औँ केन्द्रीयसभाको आज उद्घाटन कार्यक्रममा उहाँले नेपालमा औद्योगिक क्षेत्रमा लगानी गर्न लगानीकर्ता डराइरहेका अवस्थामा आउने कार्ययोजनाले लगानी सुरक्षित गर्ने र यसको प्रत्याभूति दिने बताउनुभयो । मन्त्री जोशीले भन्नुभयो, “सरकारले लगानीमैत्री कार्ययोजना ल्याउँदैछ, नेपालमा अब लगानी गर्न डराउनुपर्ने अवस्थाको अन्त्य हुन्छ, व्यवसायीले ढुक्क भएर लगानी गर्न सक्छन् ।”
कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक टेकबहादुर बस्नेत, प्रजिअ द्रोण पोखरेल र संस्थाका केन्द्रीय सल्लाहकार कर्ण शाक्यले विश्वमै विकराल बन्दै गएको अर्बुद रोगको रोकथामका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ, उपाध्यक्ष महेश श्रेष्ठ, महासचिव विमलकुमार होडा, निवर्तमान अध्यक्ष दिवाकर राजकर्णिकारलगायतले संस्थाका गतिविधि र अर्बुद रोग नियन्त्रणका लागि भएको प्रयासबारे जानकारी दिनुभएको थियो ।

वि.सं.२०७३ पुस २८ बिहीवार १५:५४ मा प्रकाशित

Himalayan Life AD
निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग

निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग

काठमाडौँ । पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन...

राष्ट्रिय बालअधिकार आयोग स्थापनाको माग

राष्ट्रिय बालअधिकार आयोग स्थापनाको माग

काठमाडौँ । बालअधिकारका जानकारहरूले बालबालिकाको अधिकार संरक्षण तथा नियमनलाई प्रभावकारी...

एनपिएलः काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज सुदूरपश्चिम...

चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक,...

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा रु...

एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

काठमाडौँ । नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारको मिलेनियम...