
काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेस गरेका छन् । शनिबार बसेको नेकपा सचिवालय बैठकमा आफुँमाथि लागेको आरोपको जवाफी प्रस्ताव पेस गरेका हुन् ।
गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीमाथि केहि गम्भिर आरोप लगाउँदै राजनीतिक प्रस्ताव छलफलको लागि अघि सारेका थिए । उक्त प्रस्तावको जवाफी प्रस्तावका रुपमा ओलीले शनिबार प्रस्ताव पेश गरेका हुन् । उनले ५३ बुँदामा आफ्नो जवाफी प्रस्ताव अघि सारेका छन् ।
५३ बुँदे उनको प्रस्ताव र प्रचण्डसमेतको प्रस्तावमा आगमी मंसिर १६ गते बस्ने सचिवालय बैठकमा छलफल हुनेछ ।
यस्ताे छ ओलीकाे प्रस्तावकाे पूर्णँपाठ