back
CTIZAN AD

बन्दीपुरबाट ठूलो परिमाणमा अलैचीसहित एक पक्राउ

वि.सं.२०७७ मंसिर १३ शनिवार

636 

shares

१३ मंसिर, सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दीपुरबाट प्रहरीले अलैचीसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा अबैध अलैचीसहित मिनीट्रक र चालकलाई नियन्त्रणमा लिएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग१ख ९२२६ नम्बरको मिनीट्रकमा लोड गरिएको ३२ क्विन्टल अलैचीसहित मिनीट्रक नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्र्चैयाका प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवालले जानकारी दिए ।

ग्रिन डायमण्ड एण्ड एग्रीकल्चर फार्म एण्ड रिसर्च सेन्टर प्रालि मादी– ८ कास्कीको नाममा १० क्विन्टल अलैची र रु पाँच लाख राजश्व तिरेको बील रहेकामा मिनीट्रकमा ३० क्विन्टल अलैची भेटिएकाले अनुसन्धानका लागि मिनीट्रक र त्यसका चालक तनहुँको शुक्लागण्डकी नगरपालिका– ५ का ३१ वर्षीय सुजन परियारलाई नियन्त्रणमा लिएको उनले बताए ।

नियन्त्रणमा लिएको अलैचीसहित मिनीट्रक र चालकलाई आवश्यक कानूनी कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा पठाइएको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७७ मंसिर १३ शनिवार १७:०७ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...